जापानी महिलाहरुकाे छाला राम्रो र गोरो कसरी ? यस्ता छन् उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०६:३१

धेरै मानिसहरु गाेराेपना र मुलायम छालाकाे लागि धेरै थरीका फेयरनेस क्रिमहरु प्रयाेग गर्ने गर्छन् । यस्ता क्रिमहरुले त्यति मानिसहरुलाइ एकैछिनकाे लागि गाेराे देखाएपनि त्यसले विभिन्न साइड इफेक्ट पनि गर्न सक्छ ।

अाज हामी जापानकाे एक यस्ताे परम्परागत घरेलु विधि बताउन गइरहेका छाैं त्यसलाइ अपनाएमा तपाइले कुनै पनि फेयरनेस क्रिमहरुकाे प्रयाेग गरिराख्नु पर्दैन।

हुनत जापानका मानिसहरु जन्मजात नै गोरो हुन्छन् तर यसको बाबजुद पनि जापानी महिलाहरु आफ्नो छालालाई मुलायम र चम्किलो बनाउनको लागि चामलको पेस्ट बनाएर प्रयोग गर्छन्।

चामलमा पाइने एन्टिअक्सिडेन्ट छालाको साथसाथै कपाललाई पनि स्वस्थ राख्न उपयोगी हुन्छ । जापानी महिलाहरुले चामलको प्रयोग गरेर आफ्नो छाला राम्रो र गोरो कसरी बनाँउथे त ?

यस्ता छन् उपायहरुः

१. भिजाइएको चामल पिसेर यसमा थोरै बेकिङ सोडा मिलाएर अनुहारमा लगाउनुहोस । यसले तपाईको अनुहार गोरो हुन्छ ।

२. चामल पिसेर बनाइएको पेस्ट महमा मिलाएर अनुहारमा लगाउनाले घामले डढेको कालो हट्छ र छालाको चमक बढ्छ ।

३. चामलको पिठोमा गोलभेडा पिसेर मिसाइ अनुहारमा लगाउनुहोस र सुकेपछि धुनुहोस । यसले रगत निर्खाछ र अनुहार राम्रो बनाँउछ ।

४. चामलको पानीलाई कपासको मद्धतले अनुहारमा लगाउनुृहोस र दश मिनेट पछि धुनुहोस । यसले छाला चाउरी पर्नबाट रोक्छ ।

५. चामलको पानीमा कागतीको रस, दहि मिलाएर कपालमा लगाउनाले कपालको चमक बढ्छ ।

६. चामलको माडलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस र आधा घन्टा पछि पखाल्नुहोस् । यसले कपाल छिटो बढ्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१