प्रेमीले दिएको औठीको सुरक्षा गर्न गार्ड नै राखिन् यी स्टारले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०६:२५

एक टेलिभिजन स्टार पेरिस हिल्टनले आफ्नो औठीको सुरक्षाका लागि गार्ड राखेकी छिन्। केही दिनअघि मात्र अभिनेता क्रिस जिल्कासँग इन्गेजमेन्ट गरेकी हिल्टनलाई उनका प्रेमी जिल्काले हिराको औठी लगाईदिएका थिए जसको मूल्य २० लाख डलर पर्ने जनाइएको छ। जसको सरक्षा गर्न हिल्टनले सुरक्षा गार्ड नै राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

वेबसाइट ‘टिएमजेड डट कम’का अनुसार उनले चौबिसै घण्टा औँठीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाएकी छिन् ।

हिल्टन र जिल्का सात वर्षअघि एक ओस्कर पार्टीमा भेट भएका थिए । फेब्रुअरी २०१७ मा उनीहरूले सम्बन्धबारे पुष्टि गरेका थिए । इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै हिल्टनले लेखेकी छिन् ‘म निकै खुसी छु कि मैले आफ्नो प्यारसँग जीवन बिताउन इन्गेजमेन्ट गरेको छु । मेरा लागि जिल्का बफादार, दयालु र समर्पित छन् ।’

तर, समाचारअनुसार उनको यो तेस्रो इन्गेजमेन्ट हो । पहिलोपटक २००३ मा मोडल जेसन सा र दोस्रो पटक २००५ मा पेरिस लेटिससँग उनको इन्गेजमेन्ट भइसकेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०