VIEC अस्ट्रेलियन एजुकेसन फेयर हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०४:५३

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा बिगत ४  बर्ष देखि विद्यार्थीहरु पठाउदै आएको VIEC काठमाडौंले माघ  ५   गते अर्थात् भोलि  काठमाडौंमा अस्ट्रेलियन एजुकेशन फेयर २०१८ आयोजना गर्ने  भएको छ।

पछिल्लो समय नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्य बनिरहेको अस्ट्रेलियामा उच्च शिक्षा गर्न जानुअघि र गएपछि ध्यान दिनुपर्ने विषयबारे जानकारी दिन एजुकेसन फेयर आयोजना गरिएको हो ।

अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई VIEC ले  विगत ४  वर्षदेखि परामर्श दिँदै आएको छ । प्रभावकारी सूचना र परामर्श पाउँदा विद्यार्थीलाई लक्ष्य पछ्याउन सहज हुने भन्दै अस्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्न लागिएको VIEC ले जनाएको छ ।

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान  चाहने विद्यार्थीलाई ध्यानमा राखेर VIEC नेपालले   होटल अन्नपूर्णमा  एक  दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको कुरा VIEC नेपालका कार्यकारी निर्देशक  जयराम पौडेलले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको हौ’, पौडेलले बताए ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र हैन स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि छलफल गर्ने पौडेलले आयोजनाको उद्देस्य बारे स्पष्ट पारे।

पौडेलले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका करिब एक दर्जन युनिभर्सिटीहरुसंग VIEC नेपालले  परिचय बनाएको समेत जानकारी गराए ।

अस्ट्रेलियन एजुकेशन फेयर २०१८  का कार्यक्रम संयोजक पोषण लामिछानेले भन्नुभयो अस्ट्रेलियाको ‘ वातावरण र परिस्थिति अनि शैक्षिक प्रणालिका साथ साथै काम र सम्भावनाका बिषयमा पनि प्रष्ट पार्ने हाम्रो उद्देस्य हो ।  फेयरमा अस्ट्रेलियाका १० कलेज र युनिभर्सिटीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१