योग गर्दा के गर्ने के नगर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७४, मंगलवार ०६:०७

कसले गर्ने योग ? 
योग भनेको कर्ममा आउने कौशल हो । योग गरेपछि व्यवहारमा परिवर्तन आउनुपर्छ र स्वभावमा मधुरता । कर्म, व्यवहार र स्वभाव मानिसका अमूल्य तत्व हुन् । योगलाई उपचारका रूपमा पनि प्रयोग गर्न सकिन्छ । योगबाट प्राप्त हुने मुख्य कुरा सफलता हो ।

खाली पेट योग गर्नु निकै लाभदायक मानिन्छ । कहिल्यै पनि पेट टन्न भएको समय योग गर्नु हुँदैन । योग अभ्यास गरेको आधा घन्टाजति पछि खाना खानु उपयुक्त मानिन्छ ।

त्यसैले यो भन्न सकिन्छ कि स्वस्थ र सफल रहनका लागि योग गरिन्छ । योगले शरीरमा भएका रोगलाई निर्मूल गर्छ र रोगबाट टाढा राख्नसमेत मद्दत गर्छ । योग दैनिक रूपमा गर्नुपर्ने क्रियाकलाप हो । योग कम्तीमा २० देखि ९० मिनेटसम्म गर्न आवश्यक छ ।

योगका फाईदा
बदलिँदो जीवनशैली र गलत खानपानले मानिसलाई कुनै न कुनै रोगको सिकार बनाउँछ । नेपालमा मधुमेह, ग्यास्ट्रिक, जोर्नी, नसा र मुटुको रोगबाट थुप्रै ग्रसित छन् । जसका लागि योग उत्तम हुन्छ । अव्यवस्थित जीवनशैलीले मानिसलाई तनाव मात्र दिन्छ ।

तनाव रोगको फ्याक्ट्रीजस्तै हो । योगले स्मरण क्षमता बढाउनुका साथै एकाग्र बनाउने काम गर्छ । नियमित योग गर्ने मान्छे सधैँ तनावरहित हुन्छ । यसले आत्मविश्वास पनि बढाउने काम गर्छ र शरीरमा ऊर्जाको विकास गर्छ । योगले नै मानिसभित्र अपार शक्ति पैदा गर्छ ।

योग गर्दा यस्ता नियम

योग गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्छ । योग गर्ने आसन पनि सजिलो छान्नु जरुरी हुन्छ । शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ ।

हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट योगाभ्यास गर्दा स्वास्थ्यलाई फाइदा गर्छ

योगबाट फाइदा लिन कम्तीमा तीनदेखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ । प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ ।

कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती गर्न हुँदैन । दीर्घरोग भएकाले योगविज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ ।

बिहानको नित्यकर्म सकेर मात्र योग अभ्यास गर्नु बढी लाभदायक हुन्छ । योग सकेपछि नुहाउँदा राम्रो हुन्छ ।

योग गर्दा तनको साथमा मनलाई पनि स्वच्छ राख्न जरुरी हुन्छ । त्यसैले योग गर्नुपहिले दिमागका सबै विकार हटाउन जरुरी हुन्छ ।

योग अभ्यास धैर्य र दृढताका साथ गर्नुपर्छ ।

योग अभ्यासको अन्त्यमा सधैँ शवासन गर्न आवश्यक हुन्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०