ममता अंग्रेजी कविता संग्रह ‘प्यास्टोरल प्याङ एट हयाङ्स’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७४, सोमबार ०६:२८

काठमाडौँ ।  वरिष्ठ चित्रकार उत्तम नेपाली कुनै बेला कविता लेख्थे । पछि चित्रकारको रूपमा स्थापित बने । उनकै सामीप्यमा हुर्केकी छोरी ममता कर्माचार्य भने कविताबाट बढी प्रभावित भइन् । उनै ममता अंग्रेजी कविता संग्रह ‘प्यास्टोरल प्याङ एट हयाङ्स’ सहित आएकी छन् । हालै राजधानीमा उनले आफ्नो बुबासँगै प्रा।डा। अभि सुवेदी र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। विष्णुविभु घिमिरेबाट कृतिको लोकार्पण गराइन् ।

अमेरिका बस्दै आएकी कर्माचार्यले यो कृति ‘अझै दुख्दै छ मन’ कविता संग्रहको अंग्रेजी संस्करण हो । कृतिमाथि टिप्पणी गर्दै समालोचक डा। अभि सुवेदीले ‘ममताका कवितामा गुणात्मकता भेटिने’ दाबी गरे । ‘प्रेमसम्बन्ध र त्यसमा आउने उतारचढावहरूमा उनका सिर्जना केन्द्रित छन्,’ सुवेदीले भने, ‘एउटा व्यक्तिको पर्सनल रिलेसन कसरी युनिभर्सल रिलेसनको रूपमा विकसित हुन्छ भन्ने सम्बन्धमा पनि ममताका कवितालाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ ।’ ममताले भने ‘जे जति लेखे पनि मनदेखि खुलेर लेख्ने बानी’ रहेको बताउँदै आफ्ना कविताहरू प्रायस् माया, प्रेम र प्रकृतिजन्य अनुभूतिबाट प्रभावित रहेको दाबी गरिन् । डा.नकुल परासरले अंग्रेजी अनुवाद गरेको संग्रहमा ४८ वटा कविता छन् । सन पब्लिकेसनले कृति छापेको हो । ‘नेपाली साहित्यलाई अंग्रेजीमा प्रवद्र्धन गर्न कृतिले सघाउने’ अनुवादक परासरले दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१