चक्रपथ सरसफाई महा- अभियानको ४० औ हप्ता पार,अनुराधा कोइराला सहित ४०० जनाको सहभागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० पुष २०७४, आईतवार ०९:१८

काठमाडौं ।  चक्रपथ सरसफाई महा- अभियानले ४०   औ हप्ता पार गरेको छ । काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनको  अगुवाई गभएको चक्रपथ सरसफार्इ महा- अभियानले शनिवारदेखि ४०  औं हप्ता पुरा गरेको हो ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा  बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

सुकेधारा  चोक देखि गोपीकृष्ण पुलसम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ४०  औ हप्तामा १२  टन फोहोर संकलन गरियो भने सरसफाइ अभियानमा अनुराधा कोइराला सहित  ४००  जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१