११ बुँदे माग अघि सार्दै देशभरका नर्स आन्दोलनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० पुष २०७४, आईतवार ०८:५९

११ बुँदे माग अघि सार्दै आन्दोलनमा रहेका नर्सले देशभरका अस्पतालमा शनिबार पनि १ घन्टा काम ठप्प पारे । नर्सले बिहान १० बजेदेखि एक घन्टा अस्पतालमा कुनै पनि काम गरेनन् । नर्सको हकहितका लागि भन्दै नर्सिङ संघको अगुवाइमा आन्दोलन भएको हो । सरकारले मागको सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् ।

आन्दोलनका कार्यक्रम
२६ र २७ पुसमा कालोपट्टी बाँध्ने, २८, २९, ३० पुसमा एक घन्टा ९बिहान १० बजेदेखि ११ बजेसम्म० काम काम ठप्प पार्ने, १, २ र ३ माघमा ९बिहान १० देखि दिउँसो १ बजेसम्म० कुनै काम नगर्ने, ४, ५ र ६ माघमा ९बिहान ८ देखि दिउँसो ४ बजेसम्म० कुनै पनि काम नगर्ने र सो अवधिमा समेत माग पूरा नभए ७ माघदेखि अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम संघले सार्वजनिक गरेको छ ।

मानव अंग प्रत्यारोपणमा नर्सको आन्दोलन
मानव अंग प्रत्यारोपण केन्द्रले विनाकारण नर्सलाई निष्कासन गरेपछि नर्स विरोधमा उत्रिएका छन् । प्रत्यारोपण केन्द्रले गत साउनमा नर्स ट्रजिना जोसी, सजना देउला र सपना देउलालाई विनाकारण अस्पतालबाट निष्कासन गरेको नर्सको आरोप छ । सजना र सपना विगत दुई वर्षदेखि विनापारिश्रमिक काम गरिरहेका थिए । विनापारिश्रमिक काम गरिरहेका सजना र सपनाको सपोर्टमा बोलेको भन्दै विगत ५ वर्षदेखि काम गरिरहेकी ट्रजिनालाई समेत अस्पतालले निष्कासन गरेको थियो । ७ महिनासम्म पुनर्वाहालीका लागि माग गरेको र अस्पतालले बेवास्ता गरेका कारण आफूहरू आन्दोलन गरिरहेको नर्स जोसीले बताइन् ।

नर्सका माग
(जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने ।

(मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीलाई विनाशर्त अविलम्ब पुनर्वहाली गरिनुपर्ने ।

(अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गर्नुपर्ने ।

– सरकारी नर्सलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्तासरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइनुपर्ने ।

– सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउने व्यवस्था गर्नुपर्ने ।

(भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरिनुपर्ने ।

– सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोहीअनुरूप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरिनुपर्ने ।

(दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरिनुपर्ने ।

(योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरिनुपर्ने ।

– योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरिनुपर्ने ।

– श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशीघ्र लागू गरिनुपर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१