कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङमा सार्वजनिक,मौका परीक्षाको व्यवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० पुष २०७४, आईतवार ०८:५४

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको नतिजामा अंग्रेजी विषयमा सबैभन्दा कमजोर ग्रेड ‘डी’ र ‘ई’ ल्याएका छन् । नौवटा ग्रेडमा विद्यार्थीको मूल्यांकन भएको छ ।

कक्षा ११ मा तीन लाख ४७ हजार सात सय ४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।  परीक्षमा सहभागी भएमा झन्डै साढे तीन लाखमध्ये डी ग्रेड ल्याउने विद्यार्थी संख्या ५६ हजार नौ सय ४५ र ई ग्रेड ल्याउनेको संख्या सबैभन्द बढी ७९ हजार चार सय ६६ रहेको छ । अंग्रेजीमा डी र ई ग्रेड आउने कुल संख्या एक लाख ३६ हजार चार सय ११ रहेको छ ।

कक्षा ११ मा सबैभन्दा बढी ए प्लस म्याथ विषयमा आएको छ ।  म्याथमा चार हजार ३१ जनाको ए प्लस आएको छ । अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने संख्या धेरै भए पनि २८ जनाको मात्र ए प्लस ग्रेड आएको छ । अनिवार्य नेपालीमा डी ल्याउने नौ हजार नौ सय ९३ र ई ल्याउने तीन हजार एक सय चारजना छन् ।

मौका परीक्षाको व्यवस्था
सदस्यसचिव दुर्गा अर्यालका अनुसार सबै विषयमा डी प्लस ल्याएर एउटा विषयमा मात्र अनुपस्थित भएको तथा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरेको छ । डी प्लस, डी, र ई ग्रेड ल्याउनेले मौका परीक्षामा सहभागी हुन पाउँछन् । त्यसभन्दा बढी विषयमा ग्रेड वृद्धिको मौका दिइएको छैन । अर्को वर्ष भने परीक्षा दिन पाइनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१