एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणः गोल्डेनगेटका निर्देशकसहित ६ जना दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७४, शुक्रबार ०६:०७

काठमाडौं । विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ ।
अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ ।

अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसलामा उल्लेख गरिएको छ ।

प्रश्नपत्र आउट गराउने कार्यका संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ ला, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैलसा सुनाएको छ । यस्तै सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।

वि।स २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका संचालकको योजनामा प्रश्नपत्र आउट भएको अदालतको ठहर छ । परीक्षाको प्रश्नपत्र गोल्डेनगेटबाट परीक्षा सुरु हुनु भन्दा ६ मिनेट अघि प्रश्नपत्र आउट भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०