राष्ट्रियसभाका लागि सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए,कुन प्रदेशमा को नियुक्त भए?

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।

आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको  जानकारी दिएको हो।

आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६  मेदिनीप्रसाद पौडेल र प्रदेश ७ मा जयानन्द पनेरुलाई तोकेको छ।

बिहिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृत  नियुक्त गरिएको आयोगले बताएको छ।

शुक्रबार, पुस २८, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री