नोजाको दोश्रो बार्षिर्कोउत्सव भव्यतापूर्वक सम्पन्न,अनलाइनलाई सहुलियत दिन्छौ, सञ्चारमन्त्री बस्नेत (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७४, शुक्रबार ०४:१४

भरतराज उप्रेती ।  देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो बार्षिर्केउत्सव समारोह २०७४ पौष २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यताको साथ सम्पन्न भएको छ। सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

National Online Journalist Association - NOJA को फोटो।अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्र्दै छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जानकारी गराउनुभयो ।सस्तो लोकप्रियता र राजनीतिक दलको गुमराहबाट अनलाइन मिडियालाई बाहिर ल्याउनुपर्ने अहिलेको टड्कारो आवश्यकतालाई मिडिया हाउस र पत्रकारहरुले मनन गर्नुपर्ने बस्नेतले बताए । प्रिन्ट तथा बिद्युतीय इलेक्टोनिक्स मिडियालाई जस्तै अनलाइन मिडियालाई बर्गीकरण सहित सहुलियतको व्यवस्था समेत आफ्नै कार्यकालमा गर्ने तयारी गरिरहेको समेत सञ्चारमन्त्रीले मुख खोले ।

नोजाले आफानो दोश्रो बार्षिकोउत्सव समारोहमा  पत्रकार सहित आधा दर्जन सामाजिक क्षेत्रका विशेष व्यक्तित्वहरु सम्मानित समेत गरेको छ । नोजाले एबीसी टिभीका पत्रकार किरण मरहठ्ठालाई जया देवकोटा स्मृति पत्रकारीता पुरस्कार रु ११, १११ राशीद्धारा सम्मानित गरेको छ ।   स्वास्थ्य क्षेत्रबाट वेलनेस हस्पिटलका अध्यक्ष सृजन शर्मा,

साहित्य बिद्याबाट ममता कर्माचार्य,

बौद्धमार्गी समाजसेवी आनी भिमसुवा गुरुङ,

महिला ससक्तीकरणबाट राजेश्वरी श्रेष्ठ,

सञ्चार क्षेत्रबाट दिपशिखा शर्मा,

उद्यमी महिलाबाट कल्पना योङहाङ,

 चलचित्र क्षेत्रबाट गोमा विष्ट थापा,

आयुर्वेद चिकित्सा बाट सीता थापा भट्टराई,

कृषि क्षेत्रबाट अन्जना अधिकारी,

महिला वालबालिका तथा सामाजिक क्षेत्रबाट इन्दिरा घले,

व्यवसायिक क्षेत्रबाट पुष्पा काफ्ले,

सामुदायिक हस्पिटलको  क्षेत्रबाट विष्णु कुमार श्रेष्ठ सम्मानित भएका थिए । 

कार्यक्रममा बोस्टर मिडियाका सल्लाहकार तथा जया देवकोटा मल्टिपल कलेजका प्रमुख भवानी प्रसाद पौडेल, राष्ट्रिय सूचना आयोगका आयुक्त कृष्णहरि बाँस्कोटा, बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्ण बहादुर कार्की, रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला, युवा तथा स्वरोजगार कोषका कार्यकारी निर्देशक बिष्णु प्रसाद गौतम,पर्यटन व्यवसायी एवं निट नेपालका अध्यक्ष दीपक महत, टानका अध्यक्ष नमराज दाहाल, राष्ट्रिय अपांग तथा अनुसन्धान विकास केन्द्रका अध्यक्ष एवं सामाजसेवी निलकण्ठ पौडेल, अटिजम अभियन्ता सबिता उप्रेती लगायत बिभिन्न संघ संस्थाका प्रमुखहरुको विशेष उपस्थिती रहेको थियो ।

National Online Journalist Association - NOJA को फोटो।

National Online Journalist Association - NOJA को फोटो।सूचना आयोगका आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक हरेक नेपालीको अधिकार भएकोले राष्ट्रिय सूचनाहरुलाई नागरिकसमक्ष पुर्याउन आम सञ्चार माध्यमले निस्वार्थ तवरले भूमिका खेल्नुपर्ने बताए । अनलाइन मिडिया अहिलेको विश्वव्यापी सूचना प्रवाहको छिटो र छरितो सञ्चार माध्यम भएकोले यसलाई विश्वसनयी एवं भरपर्दो बनाउन राज्यको नीति स्पष्ट रहनुपर्र्ने उल्लेख गर्दै सोही अनुरुप अनलाइन मिडिया सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । अनलाइन सञ्चार माध्यम सबै क्षेत्रको लागि भरपर्दो सूचना प्रवाहको माध्यम भएकोले नेपालको पर्यटन विकास र बिस्तारको लागि विशेष अभियानको रुपमा यसलाई सञ्चालनका लागि राज्यले नै पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउदै बाँस्कोटाले पर्यटन व्यवसायी र यस क्षेत्रका अगुवाहरले पनि मिडिया फ्रेड्ली वातावरण सृजना गर्न सिक्नुपर्ने बताए ।

वरिष्ठ अधिबक्ता बोर्ण बहादुर कार्कीले अनलाइन मिडियामा भित्रिएको बेथिती र असामाजिक मिडिया टेण्डलाई बेलैमा रोक्नका लागि सरकारको एकद्धार नीति आवश्यक रहेको बताए । अनलाइन मिडिया सञ्चालन नीति निर्देशिका कार्यान्वयनका  लागि नेपाल सरकारले प्रेस काउन्सिल नेपाललाई अधिकार सम्पन्न बनाउनपर्ने तर्क कार्कीको छ । कार्की भन्नुहुन्छ अहिले राम्रा अनलाइन मिडियाका कुरा ओझेलमा छन् कपी पोष्ट र अनर्गल हेडलाइनका समाचार पोष्टहरु सामाजिक सञ्जालमा मिनेटैपिच्छे पस्कने नाम र ठेगाना नभएका अनलाइन मिडियाहरु कारण । त्यसैले अनलाइन मिडियाको यो गम्भीर अबस्थालाई बेलैमा बुझ्न नसके नेपाली अनलाइन मिडियाको भविष्यमाथि नै प्रश्न चिन्हले पूर्णबिराम लिन सक्छ । त्यसैले बेलैमा यसको व्यवस्थापन गर्न सरकार सम्बद्ध पक्ष, अनलाइन मिडिया हाउस र पत्रकार सबै एक भएर व्यवसायिक अनलाइन मिडिया सञ्चालनको अभियानमा एकजुट हुन जरुरी छ । यसो भए मात्र अनलाइन मिडिया नेपाली पर्यटन विकास र बिस्तारका लागि विशेष सञ्चार संवाहक बन्न सक्छन् र अन्तराष्टियरुपमा नेपाली पर्यटनको प्रबद्र्धन हुन्छ ।

रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाले नेपालको पर्यटन क्षेत्रका सूचना, जानकारी हरुलाई नेपाली होइन अंग्रेजी अनलाइन समाचार माध्यमको रुपमा प्रकाशन र प्रसारण गर्न सके मात्र नेपालको पर्यटन प्रबद्र्धन अन्तराष्टियरुपमा छिटो हुने बताए । धमलाले अनलाइन पत्रकारीतालाई व्यवस्थित मर्यादित मात्र होइन व्यवसायिक बनाउन दक्ष पत्रकारहरु उत्पादनतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्नेमा समेत जोड दिए ।

छलफल तथा अन्तरक्रियामा बोल्दै पर्यटन व्यसायी तथा टानका अध्यक्ष नमराज दाहालले अनलाइन मिडिया बिना पर्यटन प्रवद्र्धन र विकास सम्भव नभएकोले आफूहरुले अनलायन मिडिया र अनलाइन पत्रकारहरु दुबै सँग सहकार्य गरेर बाह्य तथा आन्तरिक पर्यटन प्रबद्र्धनमा लाग्ने बताए ।

त्यस्तै अर्का पर्यटन व्यवसायी तथा निट नेपालका अध्यक्ष दीपक महतले राजनीतिक समाचार होइन पर्यटनका सूचना समाचार र खोजमुलक स्टोरीहरु अनलाइन मिडियाहरुले समाचार हेडलाइनको रुपमा प्रकाशन र प्रसारण गर्नुपर्ने बताए । महतले भने सस्तो लोकप्रियताभन्दा पनि व्यवसायिक अनलाइन मिडिया सञ्चलान भिजन लिने हो भने पनि पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि अनलाइन मिडियामा नै लगानीका लागि पर्यटन व्यवसायीहरु तयार  छन् । त्यसैले अनलाइन मिडियाहरुले पर्यटन क्षेत्रका सूचना जानकारीको साथमा पर्यटनका मुद्दाहरुलाई पहिलो प्राथमिकता राख्नुपर्दछ ।

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनालाई आम सञ्चार माध्यम  अनलाइन मार्फत सूचना सम्प्रेषणको लागि बढवा गर्दै अनलाइन पत्रकारहरुको हकहित पक्षमा राष्ट्रिय अनलाइन पत्रकार संघ नोजा  विगत दुई वर्षदेखि क्रियाशील रहदै आएको छ । हाल नोजामा एक सयभन्दा बढी सदस्यहरु आवद्ध भइसकेका छन् । 

अनलाइन मिडिया र यसमा कार्यरत पत्रकारहरुको बृहत्तर विकाससँगै अनलाइन सञ्चारर माध्यममार्फत समाज रुपान्तरण र देश विकासका लागि राष्ट्रिय अनलाइन पत्रकार संघ नोजा को अनलाइन यात्रा जारी रहेको संघका संस्थापक अध्यक्ष मुकुन्द ढुंगानाले बताए । यसै सन्र्दभमा नोजाको दोश्रो बार्षिर्कोउत्सव समारोह २०७४ को अवसरामा पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भुमिका बिषयक बिशेष अन्र्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा २०० जना भन्दा बढी उपस्थिती  थिए ।

फोटो फिचर 

Mukunda K Dhungana को फोटो। Mukunda K Dhungana को फोटो। Mukunda K Dhungana को फोटो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१