स्वस्थ रहने विश्व स्वास्थ्य संगठनका १२ टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७४, बिहीबार ०५:३९

विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ । खासमा कार्यव्यस्तता र प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । अहिलेको दुनियाँमा मानिस स्वस्थ रहनका लागि निकै सचेत हुन आवश्यक छ । यसै सन्दर्भमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरिका मानिसलाई स्वस्थ रहनका लागि १२ वटा टिप्स सार्वजनिक गरेको छ:

१ . स्वस्थ खाना खानुस् ।

२ . हरेक दिन शारीरिक रूपमा सक्रिय हुनुस्, व्यायाम गर्नुस् ।

३. खोप लगाउनुस् ।

४. कुनै पनि प्रकारका सुर्ती सेवन नगर्नुस् ।

५. सकेसम्म मदिरा सेवन नगर्नुस्, गर्ने गरेको भए मात्रा घटाउनुस् ।

६. शारीरिक र मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन गर्नुस् ।

७. स्वच्छताको अभ्यास गर्नुस् ।

८. स्पिडमा र मदिरा सेवन गरेर कहिल्यै सवारी नहाँक्नुस् ।

९. गाडी चलाउँदा सिटबेल्ट र मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य प्रयोग गर्नुस् ।

१०. सुरक्षित यौनसम्पर्ककोअभ्यास गर्नुस् ।

११. नियमित स्वास्थ्य जाँच गर्नुस् ।

१२. स्तनपान शिशुका लागि उत्तम ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१