यसो गर्दा आँखा सुक्खा हुँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७४, बिहीबार ०५:३२

आँखामा आँसु आउँछ र सुकेपछि बिस्तारै आँखा सुक्खा हुन जान्छ । टाउको दुख्ने, आँखा हेर्न गाह्रो हुने, बिझाउने, घाममा हेर्न गाह्रो हुने, आँखा थाकेजस्तो हुने, आँसु आइरहेझैँ लाग्यो भने आँखा सुक्खा हुने समस्या हुन्छ । यस्तो समस्या आउन नदिन कृत्रिम औषधि हालेर आँखाको हेरचाह गर्नुपर्दछ ।

-आँखा सुक्खा हुनबाट बच्न पानीले आँखाको डिल राम्रोसँग सफा गर्नुपर्दछ । र, आँखा सधैँभरि सफा राख्नुपर्दछ ।

-बाहिरी धुलोधुवाँले हाम्रो आँखा सुक्खा बनाउँछ । धुवाँ र धुलोमा हुने केमिकलले आँसु बनाउने ग्रन्थि बिगार्छ र आँखा सुक्खा हुन्छ । त्यसैले,

-कम्प्युटरमा बस्दा एन्टिरिफ्लेक्ट कोटेड (एआरसी) ग्लास र बाहिर हिँड्दा आँखाको सुरक्षाका लागि सनग्लासको प्रयोग गर्नुपर्दछ ।

-सनग्लासको प्रयोगले धुलो र घाम सीधै अाँँखामा पर्न सक्दैन । यसो गर्दा आँखा सुक्खा हुनबाट बच्छ ।

-कम्प्युटर, मोबाइल, टेलिभिजन लामो समय हेरिरहनु हुँदैन । कम्तीमा आधा घन्टाको अवधिमा आँखालाई ५ मिनेट आराम दिनुपर्दछ ।

-हामीले प्रयोग गर्ने पंखा, एसीले पनि आँखा सुक्खा बनाउँछ । त्यसैले लामो समय पंखा र एसीको प्रयोग गर्नु हुँदैन ।

-रातको समय लामो समयसम्म अनिदो बस्दा आँखा सुक्खा हुने गर्छ । त्यसैले, समयमै सुत्ने बानी बसाउनुपर्छ ।

-आँखामा आँसुको मात्रा बढाउन, आँखा शीतल बनाउन, आँखाको कन्डिसन हेरेर कृत्रिम आँसुको प्रयोग गर्नुपर्छ । आँसुको कन्डिसन हेरेर दैनिक चारदेखि ६ पटकसम्म कृत्रिम आँसु राख्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१