औंलाको चक्रले बताउँछ तपाई कति भाग्यमानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७४, बुधबार ०५:४२

हस्तरेखासँगै औंलामा हुने संकेतको अलग–अलग महत्व हुन्छ । औलाको टुप्पोतिरको भागमा कयौं प्रकारका संकेतहरु हुन्छन् । जस्तै, शंख, चक्र आदि । तर यदि औंलाको माथिल्लो भागमा चक्रको चिह्न हुन्छ भने त्यसले विभिन्न संकेत गर्छ ।

यदि कुनै व्यक्तिको एक औंलाको टुप्पोमा चक्रको चिह्न हुन्छ भने ती व्यक्ति चलाक तथा अवसरलाई सदुपयोग गर्ने खालका हुन्छन् ।

यदि कुनै व्यक्तिको दुईवटा औंलाको टुप्पोमा चक्रको चिह्न देखिन्छ भने यस्ता व्यक्तिको समाजमा धेरै तारिफ हुन्छ । यस्ता व्यक्तिको जीवनमा सबै प्रकारको शुख प्राप्ती हुन्छ । साथै यस्ता व्यक्ति सुन्दर पनि हुन्छन् ।

जुन व्यक्तिको सबै औंलाको टुप्पोमा चक्रको चिह्न हुन्छ, यस्ता व्यक्ति धेरै भावनात्मक हुन्छन् । यस्ता व्यक्तिले आफ्ना भावनाहरुलाई कन्ट्रोल पनि गर्न सक्छन् ।

यस्तै ३ ओटा औंलाको टुप्पोमा चक्रको चिह्न हुने व्यक्ति आफ्नो जीवनको धेरै समय भोग–विलासमा व्यतित गर्छन् । यस्ता व्यक्तिहरुको पारिवारिक जीवन शुखी हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१