अत्यधिक चिसोका कारण भूकम्पपीडितहरुको बिचल्ली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७४, बुधबार ०५:३०

काभ्रे । अत्यधिक चिसोका कारण काभ्रेका भूकम्पपीडितहरुको बिचल्ली भएको छ । पीडितहरुले शीत र तुसारोमा भिज्दै चिसो रात काट्नुपरेको गुनासो गरेका छन् ।

०७२ सालको गोर्खा भूकम्पबाट बास गुमाएका सबै भूकम्प पीडितहरुले अझैसम्म पनि भरपर्दो ओत पाएका छैनन् । २ वर्ष ८ महिना बितिसक्दा पनि धेरैजसो भूकम्प पीडितहरु अझै पनि जस्ताकै टहरोमा बस्न बाध्य छन् । वर्षे झरी, टन्टलापुर घाम र पुस(माघको जाडो पनि जस्ताको जिर्ण टहरोमा बिताउन बाध्य भएका कारण अनेकखालका स्वास्थ्य समस्या देखिने गरेको छ ।

भूकम्पले बस्ने बास नै गुमाएकाहरुको पीडा जब जाडो मौसम सुरु हुन्छ, तब झन् थेगिनसक्नु हुन्छ । जाडो मौसममा वृद्धा, वृद्ध, सुत्केरी, बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०