राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७४, बुधबार ०५:२६

काठमाडौं।  सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ ।

गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

‘मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको छ , विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको छ ।

आयोगले कार्यतालिका प्रकाशितपछि सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ ।

त्यस्तै दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१