एनएमएको तीन वटा माउन्टेन ट्रेनिङ सञ्चालनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७४, बुधबार ०५:०८

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले पर्वतीय पर्यटन प्रवद्र्धनार्थ दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २६ औं एडभान्स माउन्टेनियर ट्रेनिङ माउन्टेन लिडर कोर्ष र हाई माउन्टेन रेस्क्यु ट्रेनिङ (एचएमआरटी) लाई धमाधम सञ्चालन गरिरहेको छ । संघले मंगलबार ठमेलमा एक पत्रकार सम्मेलनको आयोजना गरी सोको औपचारिक जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार गत ३१ डिसेम्बर २०१७ देखि सुरु भएको २६औं एडभान्स माउन्टेनियरिङ ट्रेनिङ यही ११ फेबु्रअरी २०१८ सम्म काठमाडौं र लाङटाङमा सञ्चालन हुनेछ । उक्त ट्रेनिङमा सन् २०१६ सम्म बेसिक ट्रेनिङ सकिसकेका २९ प्रशिक्षार्थीहरुलाई दश जना प्रशिक्षकहरुबाट तालिम दिइने छ ।
त्यस्तै ५ जनवरीदेखि १८ जनवरी २०१८ सम्म काठमाडौं, सोलुखुम्बु, पीके एरियामा सञ्चालन हुने माउन्टेन लिडर कोर्षमा १६ जना प्रशिक्षार्थी रहेका छन् । उक्त टे«निङको लागि ३ जना प्रशिक्षक रहेका छन् ।
त्यसैगरी ५ जनवरीमा सुरु भएर २२ जनवरी २०१८ मा सकिने हाई माउन्टेन रेस्क्यु टे«निङ (एचएमआरटी)का लागि १५ जना प्रशिक्षार्थी रहेका छन् । उक्त टे«निङका लागि ५ जना प्रशिक्षक रहेका छन् । तीन वटै तालिमको संयोजन तुलसिंह गुरुङले गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सन्तबीर लामाले पर्वतीय पर्यटन प्रवद्र्धन र यसको दीर्घकालिन विकासका लागि दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै यो तालिमलाई अघि बढाएको बताउनुभयो । उहाँले क्रमशः प्रशिक्षार्थीहरुको संख्यात्मक बृद्धि गर्दै लैजाने र इन्स्टक्टरको संख्या पनि थप्दै लैजाने योजनासमेत सुनाउनुभयो ।
संघका महासचिव कुलबहादुर गुरुङले पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि गर्दै मुलुकको समग्र पर्यटन विकासलाई सार्थकता तुल्याउनका लागि तालिममूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म संस्थाले आयोजना गरेका तालिमहरुको डकुमेन्टेसन गर्दै इन्स्टक्टर र विद्यार्थीहरुको डाटा संस्थाको वेवसाइट तथा विभिन्न माध्याममार्फत प्रकाशन प्रसारण गर्नेपनि बताउनुभयो ।
सोही कार्यक्रमबीच प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई खादामार्फत स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०