समाचारको विषयलाई लिएर प्रहरीले पत्र काटेको घटनाप्रति नोजाको ध्यानाकर्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७४, मंगलवार ०६:२२

काठमाडौं।  राष्ट्रिय अनलाइन पत्रकार संघले प्रकाशित र प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ।

संघका अध्यक्ष मुकुन्द ढुंगानाले  विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशितरप्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिल र राष्ट्रिय अनलाइन पत्रकार संघ मार्फत समाधान खोज्न आग्रह गरेका छन्।

ढुंगानाले भने यस्ता घटना तत्काल रोक्न र  घटना पुनःनदोहोर्‍याउन प्रहरीलाई आग्रह समेत गरेका छौ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१