‘काग दाजै’मा बले र स्नेहाको रोमान्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७४, आईतवार १२:०८
हास्यटेलिश्रृंखला ‘भद्रगोल’का चर्चित हास्यकलाकार सागर लम्साल (बले)को अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा सागरलाई अहिलेकी रुचाईएकी मोडल स्नेहा पौडेलले साथ दिएकी छिन् । लोक गायिका मञ्जु पौडेलको ‘तिमी लाईटर म भाको चुरोट’बोलको गीतबाट मोडलिङ करिअरको सुरुवात गरेकी मञ्जु पछिल्लो समय ‘योर स्टाईल’ टिभीले बनाएको वेबसिरिज ‘हाम्रो हाईस्कुल’ मा पनि देखिएकी थिईन् ।
ध्रुब विश्को र सरु गौतमको आवाजमा रहेको गीतमा भिम बिसीको शब्द तथा संगीत रहेको छ । बाबु प्रधानको संगीत संयोजनमा बनेको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । उत्सव दहालको छायांकन रहेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । पुल्चोक क्याम्पस र गौशलाको राममन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा कुमार कट्वालको निर्माण तथा युवराज वाईवाको निर्देशन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०