काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानको ३९  औ हप्ता पार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७४, आईतवार ०७:४८

काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले ३९  औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गर्नुभएको चक्रपथ सरसफार्इ महा- अभियानले शनिवारदेखि ३९  औं हप्ता पुरा गरेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा  बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

महाराजगंज नारायण गोपाल चोक देखि सुकेधारा  चोक सम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ३९  औ हप्तामा १२  टन फोहोर संकलन गरियो भने ५३० जनाको सहभागिता रहेको थियो ।

सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाई समेत असर गर्न थालेपछि सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१