हनीप्रीतकी आमाले राखी सावन्तलाई पठाइन् नोटिस, राखी समस्यामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०७:०५

काठमाडौं । बलिउड अभिनेत्री राखी सावन्तले केही दिनअघि हनीप्रीत र डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीममाथि दिएको बयानले उनलाई समस्यामा पार्नसक्ने सम्भावना छ।

हनीप्रीतकी आमा आशा तनेजाले राखी सावन्तविरुद्ध आठ करोड रुपैयाँ क्षतिपूर्ति मागसहितको नोटिस पठाएकी छन् । राखीलाई नोटिस वकिल मोमिन मलिकले पठाएका हुन् ।

उनले प्रेस सम्मेलन गरेर भने, ‘राखी सावन्तले कि त ३० दिनभित्र माफी माग्नुपर्छ कि त मुद्दाको सामना गर्न तयार रहनुपर्छ ।’

राखीले एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले राम रहीम र हनीप्रीतसँग चार वर्षअघिदेखि चिनेको बताएकी थिइन् ।

राम रहीमसँग आफूले धेरैचोटि भेटघाट गरेको र उनले आफूलाई राजनीतिमा आउन सल्लाह दिएको पनि उनले बताइन् ।

राम रहीमले आफूलाई सिरसा लगेको र डेराभित्र रहेको गुफामा पनि पु–याएको राखीको बनाइ थियो ।

बाबाले आफूलाई जन्मदिनमा बोलाएको अनि बाबासँग आफू नजिक भएपछि हनीप्रीतले म उसको सौतेनी हुन्छु कि भनी डराएको राखी बताउँछिन् ।

महिलाहरूलाई बाबाले बलात्कार गर्ने गरेको र पुरुषहरूलाई नपुंसक बनाउने गरेको कुरा आफूलाई थाहा नभएको र थाहा पाएपनि छक्क परेको उनले बताइन् ।

राखी सावन्तले हनीप्रीत र गुरमीत राम रहीममाथि एउटा फिल्म बनाउँदैछिन् । फिल्मकै विषयमा हनीप्रीतको नाम लिँदै कसैले आफूलाई फोन गरेको राखीको बनाइ छ । राखीका अनुसार, फोन गर्नेले हनीप्रीतको सन्देश सुनाउँदै भनेको थियो, ‘तिमी मेरो साथी हौ, किन ममाथि फिल्म बनाउँछौ ?’

फिल्ममा राखीले हनीप्रीतको अनि सञ्जय नेगीले राम रहीमको भूमिका निर्वाह गरिरहेका छन् ।

फिल्मका निर्माता राखीका दाइ राकेश सावन्त हुन् ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१