हाँस्ने तरिकाबाटै थाहा हुन्छ तपाई कस्तो स्वभावको व्यक्ति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०६:४८

भनिन्छ कि जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम तपाईको एक मुस्कानले गर्न सक्छ । यो मुस्कान हाँसामोमा बद्लियो भने त कुरा नै अर्कै हुन्छ ।

हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन–मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो ।

तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् । र कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावबारे उल्लेख गरिएको छ ।

खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति हाँस्न कन्जुस्याइँ गर्दैनन् अर्थात् खित्का छाडेर हाँस्छन्, यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । यस्ता व्यक्ति सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । आवश्यक परेको समयमा मानिसको सहयोग गर्न सदैव तयार रहन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता हुन्छन्, जो हाँस्ने बेला जोड–जोडले आवाज निकाल्छन् । यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी हुन्छन् । यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन्।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता पनि हुन्छन्, जो जतिसुकै हाँस्ने कुरा भए पनि मन्द मुस्कान मात्रै दिन्छन् । जो व्यक्ति यसरी मुस्कुराउँछन् मात्रै उनीहरु बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति छिट्टै रिसाउँदैनन् साथै कठिन समयमा धैर्यताका साथ काम गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति
केही व्यक्ति हाँस्न पनि कन्जुस्याइँ गर्छन् । अर्थात् बीचमा रोकिएर हाँस्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । यस्ता व्यक्तिमा कुनैपनि चीजको बचत गर्ने बानी भने विशेष प्रकारले भरिएको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१