कानमा ढुसी, किन हुन्छ ? के छ उपचार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०६:४३

डा. माधव दाहाल

कतिलाई थाहा नहुन सक्छ, कतिले नझेलेको हुनसक्छ, कानमा ढुसी परेको । खासगरी जाडो र पानीझरीको मौसममा यस्तो समस्या देखापर्न सक्छ । मोइस्चर बढी भएका ठाउँमा ढुसी पर्ने हुदाँ कानमा जमेको कानेगुजी बढी ओसिलो भएमा त्यसमा ढुसी पर्ने गर्छ ।

कानमा दुई किसिमको अर्गानिज्म हुन्छ, एस्फरजिलस र क्यान्डिडा । यिनीहरु प्रायः ओसमा धेरै वृद्धि हुने भएकोले कानमा ढुसी पर्न नदिन कानलाई सुख्खा राख्नुपर्छ ।

किन पर्छ कानमा ढुसी ?

कानमा भएको फोहर निकाल्न हामी प्रायः कानमा तेल हाल्ने गछौर्ं । कानमा तेल हाल्नाले कानको फोहर -कानेगुजी)कान भित्रै छिरेर बस्ने गर्दछ । नुहाउँदा कानमा पानी पसेको अवस्थामा उक्त पानीका कण जमेको कानेजुगी ओसिलो भई कानमा ढुसी पर्छ । कानमा ढुुसी परेमा यी लक्षणहरु देखा पर्ने गर्छ ।

– कान चिलाउने

– कान दुख्ने

– कान कम सुनिने

– कानबाट कालो तथा नरम पदार्थ निस्कने

– कानको सक्रमण

यस किसिमको समस्या हुने भएकाले बच्चाको कानमा तेल हाल्नु हुँदैन । सामान्यतयाः कानको विभिन्न समस्या लिएर आउनेमध्ये करिब दश प्रतिशतमा कानमा ढुसी पर्ने समस्या देखिने गर्छ ।

यस्ता समस्या सजिलै नदेखिने भएकोले धेरैलाई कान चिलाईरहेको खण्डमा कान कोट्याउने गर्दछन् । जबकी कानमा ढुसी परेको खण्डमा कानमा भएको फोहर बाहिर निस्किसक्दा पनि कान चिलाइरहने समस्या यथावत रहने गर्दछ ।

उपचार विधि

कानभित्र कानेगुजी बन्नु वा फोहर जम्नु सामान्य प्रकिंया हो । त्यसरी जमेको फोहर कानभित्रको छाला सरेर आफै बाहिर निस्कने हुदाँ यसलाई लिएर खासै चिन्तित हुनु पर्दैन । तर उक्त फोहर ढुसीमा ढुुसीमा परिणत भएको खण्डमा वा कान धेरै चिलाए तथा कान दुखेमा भने सक्सनको माध्यम वा भ्याक्युम क्लिनिङ्गको माध्यमद्धारा पनि यसको उपचार गर्न सकिन्छ । त्यस्तै, बजारमा पाइने एन्टी फंगल औषधीको प्रयोगद्धारा पनि यसको उपचार गर्न सकिन्छ ।

(यो लेख वरिष्ठ कन्सल्टेण्ट डा.माधव दाहालसितको कुराकानीमा आधारित छ । उनी हाल नाक,कान, घाँटी अस्पताल, बागबजारमा कार्यरत छन् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१