जाडोमा रुघाखोकी लागिरहन्छ ? यस्तो छ उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०६:४१

जब चिसो सुरु हुन्छ, रुघाखोकीले सताउँछ । बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । रुघा आफैमा जटिल समस्या होइन । मौसमी संक्रमण हो । यद्यपी रुघा लागेपछि नाखबाट निरन्तर पातलो सिंगान र्झछ । यसले गर्दा हाम्रो दैनिक कार्यसंचालनमा वाधा पुग्छ ।

रुघाको कारण ज्वरो पनि आउँछ । यसले निमोनियाको खतरा पनि बढाउँछ ।

किन यस्तो हुन्छ ?

चिसोमा यदाकदा रुघा लाग्नु सामान्य हो । यद्यपी बारम्बार दोहोरिरहन्छ भने त्यसले जटिलता ल्याउँछ । चिसो मात्र होइन, धुलो र धूँवाको कारण पनि रुघा लाग्छ । यसलाई एलर्जिक रायनाइटिस भनिन्छ । यो एक प्रकारको एलर्जी हो ।

यसले नाकमा असर पार्ने गर्छ । पटक पटक हाँच्छिउ आउने, नाकबाट सिँगान बग्ने, नाक बन्द हुने, नाक चिलाउने, टाउको दुख्ने, आँखाको मुनी कालो बस्ने जस्ता समस्या हुन्छ ।

किन हुन्छ ?

एलर्जिक रायनाइटिस विभिन्न कारणले हुने गर्छ । जुन यस प्रकार छ

-घरमा जमेको धुलो

-घासको परागको कण

-जनावरको रौं

-धुलो , धुवाँ, प्रदुषण

-अण्डा, दूध, दाल लगायतको खाद्य पदार्थ

सामान्य रुघाखोकी भन्दा जटिल

सामान्यतयाः धेरैलाई हुने रुघाखोकीको समस्या भाइरसका कारण हुने गर्छ, जबकी एलर्जिक रायनाइटिस एलर्जन्सका कारण हुने गर्दछ ।

यद्यपी, एलर्जिक रायनाइटिसमा ज्वरो आउने वा जीउ दुख्ने लगायतको समस्या देखिदैन । नाकबाट निरन्तर बग्ने सिँगान पनि पहेलो नभई सेतो पानी पानी जस्तो हुन्छ । हाँच्छिउ पनि निरन्तर आउँछ । नाक , कन तथा घाँटीमा चिलाएजस्तो महसुस हुने तथा आँखाबाट पानी बग्ने गर्छ ।

यस्ता समस्या साधारण रुघाखोकीको तुलनामा लामो समयसम्म रहने गर्दछ । र, समयमै यस समस्याको समाधान नगरेको अवस्थामा यसले अन्य समस्याहरु समेत निम्त्याउन सक्छ ।

नाकभित्र गाँठो

नाक भित्रको छाला सुनिनएर त्यहाँ गाँठो परेमा त्यसलाई नोजल पोलिप्स भन्ने गरिन्छ । यस्तो पोलिप्स यति धेरै ठूलो हुनसक्छ कि यसले नाकको प्वाल टालेर सास फेर्नमा कठिनाई उत्पन्न हुनसक्छ ।

सायनुसाइटिस

नाकभित्र रहेको हड्डी वरिपरि खाली ठाउँ रहेको हुन्छ जसलाई सायनस भन्ने गरिन्छ । नाकबाट धेरै सिगान बग्नाले सायनसमा नाकको फोहर जम्ने गर्दछ जसले रगर्दा रोगको किटाणु उत्पन्न हुन सक्छ ।

दम/आज्मा

नाक सुनिनु, नाकबाट पानी बग्नु, नाक तथा घाटी चिलाउन जस्ता लक्षण लामेा समयसम्म रहिरहे दम वा आज्मा हुनसक्दछ ।

कन्जिक्टिभाइटिस

आँखाका सेतो भागको माथिल्लो तहलाई कञ्जक्टिभा भन्ने गरिन्छ । एलर्जिक रायनाइटिसको असर कन्जिक्टिभाइटिसमा पनि हुनसक्छ । जसका कारण आँखा सुनिने, आँखा रातो हुने, आखा चिलाउने तथा आँखाबाटपानी बग्ने गर्छ ।

यस्तो समस्या भएमा कयौ मानिसहरु चिकित्सकको सल्लाह विना नै औषधीको सेवन गर्दछन् । जबकी एलर्जिक रायनाइटिस भएमा चिकित्सकको सल्लाह पछि मात्र औषधी खानु पर्छ ।

बच्ने उपाय

एलर्जिक रायनाइटिसका समस्या भएमा एलर्जी गराउने तत्वबाट सकेसम्म टाढा बस्नु उपर्युक्त हुन्छ । यसको लागि यी उपाय गर्न सकिन्छ ।

-रौं भएका जनावरबाट टाढा रहने । यस्ता जनावरलाई सुत्ने कोठाबाट टाढै राख्ने ।

-घरमा राखिएका पर्दा, तन्ना, ओढ्ने लगायतलाई धोएर सफा राख्ने ।

-सकेसम्म तकिया तथा गद्दालाई प्लाष्टिकले बधर राख्ने । पाच वर्ष भन्दा पुराना गद्दालाई बदल्ने। किनकी त्यस्ता गद्दामा धेरै भन्दा धेरै धुलो जमेर बसेको हुन्छ ।

-घरको साफसफाई गर्दा भ्याकुम क्लिनरको प्रयोग धेरै भन्दा धेरै गर्ने । घरका फर्निचर तथा भुई सफा गर्दा भिजेको कपडाले सफा गर्ने । किनकी भिजेको कपडाले भई सफा गर्दा धेला कम उड्नुका साथै जमेर बसेको धुलो राम्ररी सफा हुने गर्दछ ।

-त्यसबाहेक, घरका भित्तामा ढुसी लागेको छ भने त्यसलाई साबुन , पानी तथा ब्लीचले राम्ररी सफा गरेको खण्डमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१