पूर्व मन्त्रि ढकाल र माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहम बीच भेट बार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७४, बिहीबार १९:३४

माल्दिप्स  । ३ दिने माल्दिप्स भ्रमणमा रहनु भयका पूर्व मन्त्रि एकनाथ ढकालले माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गर्नु भयको छ । माल्दिप्सको शिक्षा मन्त्रालयमा भयको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भयको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिनु भयो । पूर्व मन्त्रि ढकालले नेपालमा भर्खरै सम्पन्न निर्बाचन र ताजा जनादेशको बारेमा जानकारी दिनु भयको थियो भने मन्त्रि ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिदै ताजा जनादेश अनुसार गठन हुने नया सरकार संग मिलेर काम गर्ने बताउनु भयको थियो ।आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरु बीचको सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका मन्त्रीहरुको साथै सांसदहरु संग पनि छलफल गर्नु भयको सुर्खेतिले जनायका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१