झाडा पखालाले पूर्व प्रधानमन्त्री ओली ग्रस्त

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । अध्यक्ष ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार सोमबारदेखि ओली झाडा पखालाले ग्रस्त भएका थिए ।

विरामीका कारण अध्यक्ष ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको सचिवालयले जनाएको छ । विरामी भएका ओलीलाई चिकित्सकहरुले औषधी दिएको र केही दिन घरमै आराम शुझाएका कारण ओली घरमै आराम गरेर बसेको दिएको निजी सचिवालयले बताएको छ ।

अहिले उनको अवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ । आज पनि अध्यक्ष ओली निजि निवास बालकोटमै आराम गरिरहेका छन् ।

बुधबार, पुस १९, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री