कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७४, मंगलवार १०:०३

डा. लक्ष्मी आवा
खानपान तथा रहनसहन सही नहुँदा शरीरमा विभिन्न रोगले घर गर्छन् । यो त सबैलाई थाहै छ । तर, सुत्ने तरिका सही नहुँदा पनि स्वास्थ्य समस्या निम्तिन्छ भन्नेचाहिँ कमैलाई ज्ञान हुन सक्छ । कस्तो व्यक्तिलाई कस्तो सुताइ उपयुक्त हुन्छ त ?

जानिराख्नुहोस् :

श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकलगायत समस्या भएका व्यक्तिले सुत्नेवेला विशेष ख्याल गर्नुपर्छ । घुर्नु पनि श्वासप्रश्वाससँग जोडिएको समस्या हो । घुर्ने समस्या भएका व्यक्ति उत्तानो परेर सुत्नु हुँदैन । यस्ता व्यक्ति कोल्टे परेर सुत्नुपर्छ ।

उत्तानो सुत्दा जिब्रोको भाग पछाडि श्वासनलीमा गएर बस्न सक्छ, जसले श्वासनलीको बाटो नै बन्द हुने अवस्था आउन सक्छ । यो अवस्थामा कहिलेकाहीँ मानिस निसासिएको भान भई अचानक उठ्ने गर्छन् । कतिपय अवस्थामा मानिस निसासिएरै मृत्यु पनि हुन सक्छ । यस्तो आसनको सुताइले मुखमा रहेको थुक सर्किन सक्ने सम्भावना पनि धेरै हुन्छ । सुत्दा यस्तो समस्या देखिएमा कोल्टे परेर सुत्नुपर्छ ।

मुटुका रोगी पनि उत्तानो परेर सुत्नु हुँदैन । कोल्टे परेर सुत्दा पनि विचार पुर्‍याउनुपर्छ । दाहिनेतिर फर्केर सुत्नु राम्रो हुन्छ ।

ढाड दुख्ने समस्या धेरैलाई हुन्छ । यस्ता व्यक्तिले सुत्ने समयमा ओछ्यान या सुताइको अवस्थामा विचार पुर्‍याउनुपर्छ । धेरैको सोचाइ हुन्छ, बाक्लो लुगा र गुन्टा प्रयोग गरेर सुत्दा आरामदायी हुन्छ, ढाड दुख्दैन । तर, यो एकदम गलत तरिका हो । कहिल्यै पनि बाक्ला लुगामा सुत्नु हुँदैन ।

बाथरोग पीडितले भने बाक्ला तथा न्याना कपडा लगाएर सुत्नुपर्छ ।

जाडो होस् या गर्मी, कतिपय मानिस हरेक समयमा सिरकले मुख छोपेर सुत्ने गर्छन् । यो झनै गलत तरिका हो । चिसो भए टाउकोमा टोपी लगाउन सकिन्छ । तर, सिरकले मुख छोप्नु गलत काम हो । कार्बनडाइअक्साइड र अक्सिजन परिवर्तन हुन नपाए सुतेकै अवस्थामा मानिस मर्न पनि सक्छ ।

सिरक छाडेर आजकाल अधिकांशले ब्ल्यांकेट ओढ्ने गरेको पाइन्छ । हल्का हुने भएकाले पनि ब्ल्यांकेट धेरैको रोजाइमा पर्ने गरेको हुन सक्छ । ब्ल्यांकेट धेरै धोइरहनु पर्दैन र धोइँदैन पनि । तर, यसमा धुलोका कण धेरै रहन्छन् । यसले पनि श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।

जाडोमा सुत्नुअघि खानपानमा पनि ध्यान दिनुपर्छ । चिसो खान्की प्रयोगले स्वास्थ्यमा निकै असर पार्छ । दमका रोगीको हकमा साँझ चिसो खानेकुरा बार्नैपर्छ । सुत्नुअगाडि पानी मात्रै होइन, झोल पदार्थको प्रयोग पनि साँझ ४ बजेबाट घटाउँदै लैजानुपर्छ ।

साँझपख धेरै पानी खाए मिर्गौलालाई बढी लोड हुन्छ । मिर्गौलाले काम गर्न सक्दैन । पानी भएर एसिड बढी भए सुतेकै अवस्थामा मानिसको मृत्यु पनि हुन सक्छ । मिर्गौलालाई आराम गराउन बेलुकीपखदेखि पानी कम पिउनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१