रियलमाथि बार्साका ३–० को शानदार जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७४, मंगलवार ०९:५६

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्धन्द्धी रियल मड्रिडविरुद्ध ३–० को फराकिलो जित हात पारेको छ ।

शनिवार साँझ रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा बार्सिलोनाले ५४औं मिनेटमा लुइस सुवारेजको गोलबाट अग्रता लिएको थियो । रियलका खेलाडीले हातले बल रोकेर फलगर्दै रातो कार्ड पाएर बाहिरिएपछि बार्साले पाएको पेनाल्टीलाई मेस्सीले ६४औं मिनेटमा सुन्दर गोलमा परिणत गरि बार्सालाई २–० को अग्रता दिलाए ।

इन्जुरी समयमा एलेक्स विडालले गोल गर्दै बार्सालाई ३ शुन्यको अग्रतामा पुर्याए । र खेल बार्साले ३–० ले आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१