पर्यटन बोर्डले ल्यायो नेपाली स्वादको विश्वव्यापीकरण गर्ने अभियान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७४, सोमबार ०५:४६

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाली स्वादको विश्वव्यापीकरण गर्ने अभियान ल्याएको छ। १९ औं वार्षिकोत्सवको अवसरमा बोर्डले नेपाली खानाका परिकारलाई विश्वभर प्रचारप्रसार गर्नेगरी ‘एक्सपेरियन्स नेपाल’ अभियान सार्वजनिक गरेको हो।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारीमा रहेको बोर्डले अघिल्लो वर्ष भिजिट नेपाल इन युरोप २०१७ अभियान ल्याएको थियो। उक्त अभियन सफल भएको र २०१९को अन्त्यसिम्म नेपाली स्वाद, परम्परा र नेपाली पर्यटकीय उत्पादनको प्रचार गर्न यो अभियान ल्याइएको बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले जानकारी दिए।

अहिलेसम्म प्रकृतिमामात्र केन्द्रित रहेको नेपालको पर्यटन अव सत्कार र स्वादमा जाने, यसले विविधता ल्याउने सिइओ जोशीको विश्वास छ।

‘जस्ताको तस्तै नेपाली स्वादलाई पस्कदा विदेशीले नरुचाउन पनि सक्छन्’ उनले भने,‘यसको लागि हामी विदेशीहरुर्ला नेपाली परिकार उनीहरुरको जिब्रोले रुचाउनेगरी विकसित गर्नुपर्छ।’

वार्षिकोत्सवको अवसरमा बोर्डले युरोपको अभियान सफल भएको गएको वर्ष गरिएका धेरै कार्यक्रमबाट दश लाख पर्यटक ल्याउने साढे एक दशक अगाडि योजना सफलताको नजिक पुगेको बताएको छ।

यो वर्ष करिब १० लाख पर्यटक आउने बोर्डका सिइओको विश्वास छ। आगामी वर्षहरुमा पनि यही संख्यालाई कायम राख्दै बढाउनको लागि विभिन्न प्रबद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

पर्यटनसँग सम्बन्धि मुख्य पूर्वाधार विमनस्थल, सडकहरु जस्ताको तस्तै हुँदा पनि यतिको संख्यामा पर्यटक आउनु सकारात्मक भएपनि यसलाई निरन्तरता दिन पर्यटन पूर्वाधार बनाउनैपर्ने दबाब रहेको उनको भनाइ छ।

पर्यटक अउनको मुख्य प्रवेशद्वार विमानस्थल भएपनि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको छ। सन् २०२० सम्म २० लाख पर्यटक ल्याउने महात्वाकांक्षी सरकारी लक्ष्य हाँसिल गर्न विमानस्थल निर्माण गर्नुपर्ने आम सरोकारवालाहरुको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१