विमानस्थलभित्रका स्टोर र सप्लायर्सले ३ गुणभन्दा बढी मूल्य लिने गरेको भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७१, बिहीबार ११:४१

काठमाडौ, २९ साउन  । अन्तर्राष्ट्रिय विमानस्थलभित्रका स्टोर र सप्लायर्सले ३ गुणभन्दा बढी मूल्य लिने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा व्यवसायीले चर्को मूल्यमा सामान बिक्री गरेको भेटिएको हो ।
1478121091_1407990072
विभागले बुधबार अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान कक्षका होटल सोनिगा, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक मार्टस, न्यु कन्फेक्सनरी स्टोर र कार्की मल्टिपलसहित ५ स्टोरमा अनुगमन गरेको थियो ।

त्यसक्रममा अधिकांश व्यवसायीले ३ गुणाभन्दा बढी मूल्य लिने गरेको, व्यवसाय दर्ता नगरी साइनबोर्ड नराखी सञ्चालन गरेको, मूल्य नराखेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको भेटिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । यी विषय नखुलाई सामान बेच्नु गैरकानुनी हुने ऐनमा उल्लेख छ ।

विमानस्थलबाट दैनिक ३ हजार आगन्तुक ओहोरदोहोर गर्छन् । ‘व्यवसायीले सयौं गुणा बढी नाफा लिने गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक पुरुषोत्तम सुवेदीले भने, ‘ठगी गर्नेलाई कालोबजारी तथा अन्य सामाजिक अपराधरसजाय ऐन, उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही अघि बढाउनेछौं ।’ उनले मूल्य बढी लिनुपर्ने कारण प्रस्ट पार्न पत्र पठाइने समेत बताए ।

अनुगमनको क्रममा विमानस्थलको आन्तरिक उडान कक्षमा रहेका होटल सोनिगाले सबै सामानमा तीन गुणा बढी मूल्य राखेर बिक्री गरिरहेको पाइएको थियो । सोनिगाले ५५ रुपैयाँ पर्ने स्निकर चकलेटलाई २ सय रुपैयाँ, २५ रुपैयाँ पर्ने रियललाई ७० रुपैयाँ, ३५ रुपैयाँ पर्ने एकुवाफाइन पानीलाई १ सय रुपैयाँमा बिक्री गरिरेको छ । करिब ६० रुपैयाँ पर्ने सेभनअपलाई १ सय ५० रुपैयाँ, ६० रुपैयाँ पर्ने मिरिन्डालाई १ सय ५० रुपैयाँमा बेचेको पाइएको छ ।

सोनिगालाई आफ्नै नामको साइनबोर्ड राख्न, साउनको खरिदरबिक्री बिल पेस गर्न, एमरापीभन्दा बढी मूल्य लिनुको कारणसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१