केराको बीउ ल्याउँदा पनि भन्सारमा घुस खुवाउनुपर्ने कृषकको गुनासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७४, शुक्रबार १८:१७

केरा कृषक आफ्नै मिहिनेतबाट नयाँ–नयाँ प्रविधि र राम्रो प्रतिफल दिने केराको बीउ खोजिरहेका छन् । राज्यसंयन्त्र सहयोगी नबन्दा दुःख खेप्नु, व्यहोर्नुपरेको गुनासो कृषकको छ ।

कैलाली, टीकापुर केरा उत्पादनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । सयौं बिघा जमिनमा केराखेती गरिएको यहाँ राज्यले भने खासै सहयोग नगरेको उनीहरु बताउँछन् ।

आफ्नै लगानीमा नयाँ तथ्य पत्ता लगाइ नयाँ केराको बीउ ल्याएर थोपा सिँचाइमार्फत् केराखेती गरिरहेका कृषक  केराको बीउ ल्याउँदा पनि भन्सारमा घुस खुवाउनुपरेको गुनासो गर्छन् ।

यो प्रविधिबाट तराईमामात्र होइन, पहाडमा पनि केराखेती गर्न सकिन्छ । केराको टिस्यू कल्चरलाई एउटा बिरुवादेखि अर्कोको दूरी ४ फिट कायम गरी मेसिनबाटै केराखेती गर्न सकिन्छ । यो प्रविधिमा केराको हरेक बोटमा पाइपमार्फत् फर्टिकल्चर र पानी हालिन्छ ।

कृषि आयाम संयोजक कुलप्रसाद तिवारी नेपालमा भित्रिएको एक वर्ष पनि नभएको यस प्रविधिबाट खेती गर्दा ५० प्रतिशतभन्दा बढी लागत कम हुने बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१