अभिनेत्री कट्रीना कैफ नेपाल आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७४, शुक्रबार ०५:१४

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘टाइगर जिन्दा है’की अभिनेत्री कट्रीना कैफ नेपाल आउने भएकी छन् । उनी एक्लै नेपाल आउन लागेकी भने होइनन् । ‘दबंग टुर’का कलाकारसँगै उनी नेपाल आउन लागेकी हुन् ।

भारतीय मिडियाले जनाए अनुसार कट्रीनाले ‘दबंग टुर’ क्लब ज्वाइन गरेकी छन् । अबको ‘दबंग टुर’मा अभिनेत्री कट्रीना पनि साथमा हुनेछिन् । युएसए र क्यानाडा, कोलकत्ता, दुबई, नेपाल र साउथ अफ्रिकाको टुरमा पनि सलमान खानसँगे कट्रीना रहनेछिन् । ‘टाइगर जिन्दा है’मा रहेको गीत ‘स्वाग से स्वागत’लाई रुचाइएपछि पब्लिकको डिमाण्ड अनुसार सलमानले कट्रिनालाई टुर अफर गरेका थिए ।

सलमानले अब कट्रीनासँग ‘स्वाग से स्वागत’मा कम्मर समेत मर्काउनेछन् । टुरमा प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायत पनि रहने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१