यसबर्षको जया देवकोटा स्मृति  पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७४, बिहीबार ०५:२७

राष्ट्रिय अनलाइन पत्रकार संघले यस यसबर्षको जया देवकोटा स्मृति  पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गर्ने भएको छ ।

पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान दिएका एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गरिन्छ ।

यो पुरस्कार गतबर्ष राससका  अच्युत  रेग्मीलाइ प्रदान गरिएको थियो । किरण एक लोकप्रीय टेलिभिजनकर्मी तथा लेखक र डकुमेन्ट्रि निर्देशक पनि हुन् ।

एबिसि टेलीभिजनका सफल प्रस्तोता मरहठ्ठा, द हफ पोष्ट, खसोखास साप्ताहिक, नेपाल ब्रिटेन डटकम लगायतका मिडियामा पनि आवद्ध छन् । भवानी पौडेलको संयोजकत्वमा बरिष्ठ पत्रकारहरु समेत सम्मिलित जया देवकोटा स्मृति  पुरस्कार छनोट समितिले टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुतिकरण र रिपोटिगंमा उनले दिएको उत्कृष्ट योगदानको कदर गर्दै मरहठ्ठालाइ पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

मरहठ्ठाले द होप नामक सफल पुस्तकका लेखक मरहठ्ठाले मेसी द म्यान एट बार्सा नामक बहुचर्चित अन्तराष्टिय डकुमेन्टि पनि निर्दैशन गरेका छन् ।

बुटवल एफ.एमबाट पत्रकारिता आरम्भ गरेका उनले नेपाल टेलिभिजन, रिपब्लिका मासिक, पारदर्शि खबर, गोरखा एफ.एम लगायतका मिडियामा काम गरिसकेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१