यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७४, मंगलवार ०६:२४

विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन् ।

उक्त गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ । आखिर किन यस गाउँमा मानिसहरु नांगै बस्छन् त रु

बेलायतको हर्ठफोर्डशायरस्थित ब्रिकेटवुडमा एउटा सानो गाउँ छ । गाउँका नाम हो स्पीलप्लाट्ज ।

उक्त गाउँमा पछिल्लो ८५ वर्षदेखि मानिसहरु निर्वस्त्र बस्दै आएका छन् । चाहे महिला हुन् वा पुरुष । केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नांगै बस्दछन् ।

खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन् । यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नांगै बस्नुपर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नुपर्दछ ।

गाउँलेहरुको आफ्नै पव, स्मिमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ ।

सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए ।

यहाँ मानिसहरु पूर्णरुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन् । मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१