जोडी नभेटेका बलिउडका यी १२ अभिनेत्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७४, मंगलवार ०६:०३

मुम्बई । अभिनेत्री अनुष्का शर्माले २९ बर्षकी भएकी छन् । उनले गत ११ डिसेम्बरमा क्रिकेटर बिराट कोहलीसँग विवाह गरेकी हुन् । इटलीमा गरिएको उनको विवाहमा थोरै मात्र आफन्त सहभागी थिए ।

२९ बर्षकी अनुष्काले हतारो गर्दै विवाह गरिसक्दा पनि ३० बर्ष नाघेका बलिउड अभिनेत्री भने अझै चुप बसेका छन् । बलिउडका ति १२ अभिनेत्री जो ३० पार गरिसक्दा पनि अबिबाहित छन् ।

प्रियंका चोपडा 
प्रियंका बलिउडमा मात्र सिमित छैनन् । उनले हलिउड चलचित्रमा पनि आफ्नो अभिनय कला प्रदर्शन गरिसकेकी छन् । अहिले ३५ पुगेकी प्रियंका विवाहका लागि प्रफेट पार्टनरको खोजिमा रहेकी छन् ।

दीपिका पादुकोण 
दीपिका पछिल्लो समय पद्यावती चलचित्रको कारणले चर्चामा छिन् । ३१ लागेकी दीपिकाको अहिले विवाहको कुनै योजना रहेको छैन । ‘अहिले करियर तिर ध्यान दिइरहेकी छु’ उनले भन्ने गरेकी छन् । २००७ मा निर्माण भएको चलचित्र ‘ओम शान्ती ओम’बाट शाहरुख खानका साथ बलिउड अभिनय डेब्यु गरेकी हुन् ।

ज्याकलीन फन्डाडिज 
ज्याकलिनले बलिउडमा केही हिट चलचित्र दिएकी छन् । २००९को चलचित्र ‘अलादिन’ बाट बलिउड डेब्यु गरेकी उनी अहिले ३२ लागेकी छन् । उनको लगन अझै जुर्न सकेको छैन ।

कट्रीना कैफ 
कट्रीना प्रदर्शनरत चलचित्र ‘टाइर जिन्दा है की अभिनेत्री हुन् । गत शुक्रबारबाट प्रदर्शनकमा आएको यो चलचित्रले बलिउडमा तहल्का पिटिरहेको छ । अभिनेता सलमान खानकी पुर्व पे्रमिका समेत रहेकी उनी अहिले ३४ मा हिडिरहेकी छन् । २००३ को ‘बुम’ चलचित्रबाट उनले अभिनयमा सुरु गरेकी हुन् ।

नरगिस फाखरी 
बलिउडकी सेक्सी अभिनेत्री मध्यकी एक नरगिस पनि हुन् । २०१२ को चलचित्र ‘रक स्टार’बाट अभिनयमा डेब्यु गरेकी फाखरी अहिले ३८ टेकेकी छन् ।

सोनम कपुर 
३२ बर्षीया सोनमको चर्चा बलिउमा पछिल्लो समय सेलाएको छ । २००७ को चलचित्र ‘सावरिया’बाट अभिनयमा डेब्यु गरेकी उनका केही चलचित्र हिट छन् ।

अमिषा पटेल 
पछिल्लो समय बलिउडमा अमिषाको चलचित्र कम आएको छ । ‘गदर एक प्रेमकथा’ जस्तो हिट चलचित्रकी नायिका अमिषाले ‘कहो ना प्यार हे’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । २००० मा सार्वजनिक यो चलचित्रले अभिनेता ऋतिक रोशनलाई समेत स्टार बनाएको थियो ।

डायना पेन्टी 
३२ की डायना अहिले कुनै अभिनेतासँगको अफियरमा छैनन् । २०१२ को चलचित्र ‘ककटेल’बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् ।

नेहा धुपिया 
एक समय बलिउड अभिनयमा छाएकी थिइन् नेहा । केही हिट चलचित्र दिएकी नेहाका केही चलचित्र सुपर फ्लप समेत छन् । २००३ को ‘कयामत’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनी अहिले ३७ बर्ष पुगेकी छन् ।

शमिता सेट्टी
शमिता अभिनेत्री शिल्पा सेट्टीकी बहिनी पनि हुन् । २००० मा यसराज फिल्मस्को ब्यानरबाट बनेको चलचित्र ‘मोहबब्त्ते’ बाट उनले बलिउड डेब्यु गरेकी हुन् । केही चलचित्रमा आइट नम्बर गरेर समेत धमाका मच्चाएकी शमिता केही अगाडि डान्सिङ रियालटी सोमा समेत देखिएकी थिइन् । ३८ लागि सक्दा पनि उनको अझै लगन जुर्न सकेको छैन ।

सुस्मिता सेन  
सुस्मिता पुर्व मिस युनिभर्स पनि हुन् । १९९६ को ‘दस्तक’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी सेन अहिले ४२ वर्षकी भएकी छन् । पछिल्लो केही समययता उनका चलचित्र सार्वजनिक भएका छैनन् ।

तब्बु 
१९८२ मा ‘बजार’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी तब्बुले बलिउडमा दर्जन हिट चलचित्र दिएकी छन् । रोनाधोना र एक्सनले भरिएको चलचित्रमा प्राय देखिने ‘तब्बु’ ४६ टेकिसकेकी छन् । तर पनि उनले आफ्नो लागि मिस्टर राइट छान्न सकेकी छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०