क्यानको नयाँ नेतृत्वमा हेमन्त कुमार चौरासिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७४, मंगलवार ०५:४३

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघको २४ औं वार्षिक साधारणसभा तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरेका हेमन्त कुमार चौरासिया महाधिवेशनबाट सर्वसम्मतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्विरोध चयन भएका क्यान महासंघको उपाध्यक्षमा विश्वराम बलामी, सुनैना घिमिरे पाण्डे, रोमकान्त पाण्डे र नवराज कुँवर निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा रञ्जित कुमार पोदार चयन भएका छन्। नयाँ कार्यसमितिको पदाधिकारी अन्तर्गत सचिव पदमा जगनबहादुर गुरुङ, डा. पवनकुमार शर्मा र नारायणबहादुर थापा निर्वाचित भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष चौरासियाले महासंघलाई एकताबद्ध बनाई पारदर्शी संगठन निर्माण गर्ने प्रतिवद्धता जनाए। यसका साथै उनले ग्रामीणस्तरमा सूचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका कार्यक्रम ल्याउने समेत बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१