बिद्युतीय सवारीसाधनमा नयॉ आविष्कार ब्याट्रि विना नै बिद्युतीय सवारीसाधन गुड्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७४, सोमबार ०७:४२

नेपालगन्ज । तीन पाङ्रे बिद्युतीय सवारीसाधनमा यहॉस्थित बागेश्वरी इण्टरनेशनलले नेपाल र भारतमै पहिलो पटक नयॉ आविष्कार गरेको छ । एक वर्षको अथक प्रयास पश्चात बागेश्वरी इण्टरनेशनलले बिद्युतीय सवारीसाधनमा ब्याट्रि बिना नै सडकमा गुड्ने सफल परिक्षण गरेको छ । हिजोको दिनमा बिद्युतीय सवारीसाधनलाई ब्याट्रि बिना सन्चालनमा ल्याउन असम्भवलाई अहिले सम्भव बनाई ब्याट्रि बिना सडकमा गुड्न सक्ने बनाइएको हो । ब्याट्रिलाई चार्ज गर्ने डिसी जेनेरेटरलाई प्रयोगमा ल्याई बिद्युत उत्पादन गरी मोटरसम्म पुर्याएर मोटर चलाउन सफल भएको हो । “अब कुनै पनि बिद्युतीय सवारीसाधनलाई ब्याट्रिको आवश्यकता पर्दैन । ६-६ महिनामा ठुलो धनराशी खर्च गरेर ब्याट्रि परिवर्तन गर्ने झमेलाबाट मुक्तीको साथै जेनेरेटरको सहायताले बिद्युत उत्पादन गरी मोटर चलाउन सकिन्छ । जेनेरेटर पेट्रोलको सहायताले सन्चालनमा आउने र १ लिटर पेट्रोलमा ८० किलोमिटर गुड्न सक्छ “ बागेश्वरी इण्टरनेशनलका प्रबन्ध निर्देशक उदय सिंह श्रेष्ठले बताउँदै भन्नु भयो -“बिद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रि चार्ज गर्न अत्याधिक बिद्युत उर्जा खतम हुने समस्या निराकरण हुनुको साथै खर्च निकै कम लाग्ने भएकोले यात्रुहरूले पनि सस्तो भाडा दरमा यात्रा गर्न सक्ने छन् ।” कुनै पनि बिद्युतीय सवारीसाधनमा यो प्रबिधि प्रयोगमा ल्याउन मिल्ने श्रेष्ठले दाबी गर्दै लोड शेडिङबाट केही हदसम्म मुक्ती पाउन सकिने बताएका छन् । यो प्रबिधिमा वातावरण प्रदुषण समेत नहुने बताइएको छ भने यो प्रबिधिबाट सवारीसाधनको सामन्यभन्दा दोब्बर गतिले गड्न सक्छ । यो प्रबिधि नेपाल र भारतमा अहिलेसम्म कसैले पनि गर्न सकेका थिएनन् । नेपाल सरकारले बिद्युतीय सवारीसाधनमा बिशेष सहुलियतको साथै भन्सार छुटको समेत व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१