विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव अदालत परिसरबाटै पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७४, आईतवार ०५:१६

काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव चारा घोटालामा दोषी ठहर भएका छन् । उनलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ ।

सीबीआईको विशेष अदालतले यादवलाई दोषी ठहर गरेको हो । सजाय भने ३ जनवरीमा सुनाइनेछ । अदालतले लालूसहित १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ, जसमा पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रा पनि छन् ।

के हो चारा घोटाला ?

सन् १९९१ देखि १९९४ सम्म देवघर राजकोषबाट ८५ लाख भारु भ्रष्टाचार गरेकोमा लालू दोषी ठहर भएका हुन् ।

यसलाई पशुपालन घोटाला पनि भन्नुपर्छ किनकी यो मामिला चाराको मात्र होइन । वाास्तवमा सबै घोटला विहार सरकारको ढुकुटीबाट गलत ढंगले रकम निकादिएको हो ।

पशुपालन विभागका अधिकारी र ठेकेदारले राजनीतिक मिलिभगतमा रकम निकालेका थिए । एकदुई करोडबाट सुरु भएको यो घटाला ९०० करोडसम्म पुगेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१