कन्डमको विज्ञापनमा रोक लाग्दा राखीलाई ठुलो चिन्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७४, बुधबार ०४:३०

मुम्बई ।  सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त धेरै रिसाएकी छन्। राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ।

राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन्, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ। यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१