आउँदो महिना सामसङको ए८ र ए८+ आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०७४, मंगलवार ०७:५७

काठमाडौँ । हरेक  वर्ष विश्वभरीका टेक कम्पनीहरुबीच आयोजना हुने ‘कन्जुमर इलेक्ट्रोनिक्स सो’ को २०१८ संस्करणमा सामसङले ‘ए’ सिरिज अन्र्तगतका ए८ र ए८+ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यस अघि कैयौं पटक यी फोनका फिचर्सहशरु लिक भइसकेका छन्। सामसङका दुबै फोनमा बेजललेस इन्फिनिटी डिस्प्ले रहने छ भने फिंगरप्रिन्ट स्क्यानर, पानी तथा धुलो प्रतिरोधात्मक हुने आँकलन विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले गरेका छन्।

खबरहरुका अनुसार ए८ ५.५ इन्च तथा ए८+ ६ इन्च फुल एचडी सुपरएमोलेड इन्फिनिटी डिस्प्लेमा उपलब्ध हुने छ। फोन ४ र ६ जीबी र्याम तथा ३२ र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा आउनेछन्।

त्यस्तै फोन १६ मेगापिक्सेलको पछाडिको क्यामेरा हुनेछ भने ए सिरिजमा पहिलो पटक दुई सेल्फी क्यामेरासहित हुने बताइएको छ। दुुबै फोनमा १६ र ८ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा हुनेछ।

त्यस्तै ए८ ३ हजार एमएएच तथा ए८ प्लस ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्रीमा आउने जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१