सत्र विद्यार्थीलाई छात्रवृत्ती वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७४, सोमबार ०६:०५

नुवाकोट । नुवाकोटको कुण्डला मा.वि. भद्रुटारका सत्र विद्यार्थीलाई महासमिति सदस्य रमेश कुमार महतले आज एक समारोह विच छात्रवृत्ती वितरण गरे । नुवाकोट थानापती घर भई हाल अमेरिकाको टेक्ससमा कार्यरत शोभा पाण्डेले चालु शैक्षिक सत्र देखिनै १२ विध्यार्थीलाई ऊक्त छात्रवृत्ति ऊपलव्ध गराएका थिए । हाल ऊक्त छात्रवृत्ति थप पाँच जेहेन्दार विध्धार्थीलाई थप गराई सत्र विध्धार्थी लाई छात्रवृत्ती प्रदान गरिएको छ । ऊक्त कार्यक्रममा महतले आफ्नो मेहनतको कमाईलाई वचत गरि समाजसेवी पाण्डे द्वारा गरिएको ऊक्त सहरानिय कार्यको प्रसंसा गर्दै यस सहयोगले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुग्ने वताऊनु भयो ।हाल शैक्षिक क्षेत्रमा भएको विभेदको अन्त्य हुनुपर्ने वताऊनु भयो । कार्यक्रममा तादि गांऊपालिकाका अध्यक्ष नारायण पाण्डे,शिवपुरी गा.पा.ऊपाध्यक्ष मन्जु केसीको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीको अध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०