सुन्दरीहरुले किन भाडामा लिइरहेका छन् बिग्रेका जहाज ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७४, सोमबार ०५:४५

इन्स्टाग्रामको धनी बच्चा बन्न सजिलो छैन । स्याम्पेनका ठूला ठूला बोतल, लक्जरी कार, ब्रान्डेड कपा तथा देश दुनिया घुमिरहनका लागि प्रसस्तै पैसा चाहिन्छ। तर दुनिया घुम्न तथा मस्ती गर्नका लागि साथमा रकम नहुँदा पनि कहिलेकाहीँ दुनियालाई आफु ठूलै भएको देखाउने मन हुन्छ कसै कसैलाई। यसका लागि रुसको एउटा कम्पनी आजकल सहयोगी बनिरहेको छ।

मस्कोको फोटोग्राफी स्टुडियोले बिगि्रएका प्राइभेट जहाजहरु भाडामा लिने गरेको छ। इन्स्टाग्राममा हिट हुन चाहने तर आफुसँग प्राइभेट जेट चढ्ने औकात नभएकाहरुका लागि लक्षित गरी स्टुडियोले सेवा प्रदान गरिरहेको छ ।

केही सय डलर खर्च गरेर गल्फस्ट्रिम जी ६५० विमान तथा फोटोग्राफर र मेकअप आर्टिस्टलाई केही घण्टाका लागि भाडा लिन सकिन्छ। उनीहरुले ग्राहकलाई मेकअप गरी धनाढ्य जस्तै बनाइदिन्छन् र उक्त प्राइभेट जेटको अगाडि राखेर यस्ता गज्जब फोटो खिचिदिन्छन् की देख्नेहरुले साँच्चीकै त्यो मानिसले आफ्नो निजी जहाज किनेछ भन्ने भ्रम पर्नेछ।

जहाजभित्र बसेर महंगा स्याम्पेन तथा स्वादिष्ट खानेकुरा टकारेर फोटो खिचाइन्छ। त्यस्ता फोटोहरु इन्स्टाग्राममा राखिसकेपछि देख्नेहरुले साँच्चीकै तपाइँलाई दुनियाकै धनाढ्य बनेछ भन्ने सम्झिनेछन्।

मस्कोमा रहेको प्राइभेट जेट स्टुडियोले आफ्ना बिगि्रएको गल्फस्टि्रम जी६५० प्राइभेट जेटसँगै ग्राहकको फोटोसेसन गर्ने सेवा प्रदान गरिरहेको हो। दुईघण्टाको फोटोसेसनका लागि अढाई सय देखि ५ सय डलर सम्म शुल्क लिइन्छ।

रुसमा अहिले इन्स्टाग्राममा सेलिब्रेटी बन्न चाहने खासगरी युवतीहरुले भटाभट प्राइभेट जेट भाडामा लिएर फोटो खिचाउने सेवा लिइरहेका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१