देश र कम्युनिष्ट आन्दोलनका लागि निर्वाचन ऐतिहासिक : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७४, शनिबार २१:०२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन र पार्टी एकता जनअनुमोदित भएको बताएका छन् ।

काठमाडौं ५ मा आयोजित चियापन कार्यक्रममा प्रचण्डले देश र कम्युनिष्ट आन्दोलनका लागि निर्वाचन ऐतिहासिक भएको बताए । वाम एकतालाई कार्यकर्ताले स्वीकार गरेको र जनताले अनुमोदन गरेको भन्दै हर्षबढाई गर्नु पर्ने बताए ।

उनले एमाले र माओवादीसामू पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प नभएको बताए ।

माओवादी र एमालेको फ्युजनले वाम गठबन्धन दुई तिहाई नजिक पुगेको भन्दै उनले अघि भने, एमालेको योगदान विना माओवादीको र माओवादीको योगदान विना एमालेको यो परीणाम सम्भव थिएन ।’ 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१