सुलभ मूल्यमा निकै गुणस्तरीय विभिन्न परिकारका थाई खाना अब बानथाई रेस्टुरेन्टमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७४, शनिबार २०:५६

काठमाडौं । राजधानीको महाराजगन्जमा रहेको  बानथाई  रेस्टुरेन्टमा विभिन्न स्वादका टिपिकल थाई फुड मात्र खान पाइने  छ ।  महाराजगन्जस्थित अमेरिकन राजदूतावास भवनअघि रेस्टुरेन्ट खोलिएको हो । बानथाईका सञ्चालक गणेश ढकालले रेस्टुरेन्टमा सुलभ मूल्यमा निकै गुणस्तरीय स्वास्थ्यवद्र्धक विभिन्न परिकारका थाई खाना खुवाइने बताए । थाई खानाका लगि आवश्यक सबै सामान थाइल्यान्डबाट ल्याउने गरेको उनले जानकारी दिए । उनले विगत २४ वर्षदेखि आफूले जानेका विभिन्न परिकारका खाना पकाउने भान्छाको ज्ञान सीपलाई नेपाली र विदेशी उपभोक्तामाझ प्रदर्शन गर्न आफूले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।

ढकालको यस  रेस्टुरेन्टमा भक्तपुरस्थित आफ्नै अर्र्गािनक कृषि फाममा उत्पादित तरकारी प्रयोग गर्ने बताइएको छ । यस  रेस्टुरेन्टमा १ सय ४० जनाले एकैसाथ विभिन्न परिकारका थाई खानाका स्वाद लिन सक्नेछन् । साथै, रेस्टुरेन्टमा चारवटा मिटिङ रुम पनि रहेका छन् । सवारी पार्किङको राम्रै सुविधा रहेको यस रेस्टुरेन्टमा अहिले एकैपटक २४ वटा गाडी पार्किङ गर्न सकिने क्षमता रहेको छ । यस रेस्टुरेन्टमा पाक्ने विभिन्न स्वादका थाई खनाको मेनु धेरै महँगो छैन् ।

न्यूनतम १ सय ८० रुपैयाँदेखि अधिकतम १ हजार ५ सय रुपैयाँसम्मका खानाका परिकारहरू रेस्टुरेन्टमा उपलब्ध हुने उनले जानकारी दिए । यस रेस्टुरेन्टका सञ्चालक ढकालले हाल दरबारमार्गमै रोयल थाई अस्ट्रिच रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । उनको नयाँ बानेश्वर चोकमा अर्को थाई रेस्टुरेन्ट सञ्चालित छ । यसैगरी, तीनकुनेमा सञ्चालित रोयल ब्याङक्वेटमा पनि उनको लगानी रहेको छ । ढकालले हातमा सीप भएका युवाहरूलाई विदेशमा अर्काको सेवा गर्नुभन्दा आफ्नै देशमा केही गर्न सुझाव समेत  दिएका छन् ।

विभिन्न परिकारका थाई खाना हेर्नुस 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१