महासचिब पोख्रललाई बुद्धिजिबीहरुद्धारा धापासीमा भब्य स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७४, शनिबार ०६:४३

काठमाण्डौं । नेकपा (एमाल)ेका महासचिब तथा काठमाण्डौैं क्षेत्र नं ५ का नवनिर्बाचित प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले बाम गठबन्धनले निर्बाचनका समयमा गरेका प्रतिबद्धता इमान्दारिपुर्बक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
मंसिर २१ गते भएको निर्बाचनमा भारी मतले निर्बाचित हुनुभएका नेकपा (एमाले)का महासचिब ईश्वर पोख्रेल र एमालेका युवा नेता दीपक निरौला प्रदेश सभा सदस्यमा निर्बाचित हुनुभएकोमा धापासी बुद्धिजिबी समाजले बधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा बोल्दै पोख्रेलले निर्बाचनका आफुले गरेका प्रतिबद्धता कार्यान्वयन गराउन बुद्धिजिबीहरु र आम नागरिकहरुले खबरदारी पनि गर्नुपर्ने बताएका छन । पोखरेलले भने,निर्बाचनका बेला प्रतिबद्धता भाषणमा मात्र होईन लेखेर गरेका छौ ,ती प्रतिबद्धता दृढता पुर्बक पुरा गर्न आजै देखि लाग्ने बताउदै यसका लागि दबाब र खबरदारी गर्ने जिम्मा जनताको पनि भएको बताए ।
हामीले काम गर्छो , ढुक्क हुन म आग्रह गर्दछु ,मत दिएर बिजय बनाउनु भएको छ। त्यो मतको सम्मान गर्दैै तपाईहरुले गर्भ गरेर हिड्रन सक्ने हामी बनाउछौ, यो हाम्रो प्रतिबद्धता भयो ,तर कही बतै बरालिन ,अलमलिन खोज्यौ भने दबाब दिने र खबरदारी गर्ने र निगरानी गर्ने काम तपाईहरुको पनि हो, अबिछिन्न रुपमा गर्नुहुनेछ –उनले भने ।
पोखरेलले जनतासंग दुरी नबढोस भन्ने उद्धेश्यका साथ निश्चित समय निर्धारण गरेर महिनामा एक पटक दुइ घण्टा भेटघाटको कार्यक्रम बनाउने बताउदै यस्ता कार्यक्रममा जनताका गुनासा अप्ठ्याराहरु सुन्ने पनि बताए ।
उनले भने , महिनामा एकपटक भेटघाटको कार्यक्रम बनाउदै छौ, कार्यक्रमको उद्धेश्य जनताको मनमा कुराहरु थुप्रियर नबसोस र जनताले आफ्ना प्रतिनिधिलाई आफना गुनासा अफ्ट्यारा सुनाउन नपाएर र उकुसमुकुस हुन नपरोस भन्ने नै हो ।

काठमाडौ क्षेत्र ५ (ख)बाट निर्बाचित दिपक निरौलाले यस क्षेत्रको समृद्धि र बिकासका लागि आफुले प्रभाकारी रुपमा काम गरी मत दिने नागरिकको मन खुशी बनाउने उल्लेख गरेका छन । कार्यक्रममा धापासी बुद्धिजिबी समाजका अध्यक्ष एवं बरिष्ठ पत्रकार टंक पन्तले कुरा भन्दा काम गरेर देखाएमा एक हजार प्रश्नको जबाफ एउटै कामले दिने बताएका छन ।
समाजका सचिब एवं अधिबक्ता सुर्यकुमार बिमलीले स्वागत गर्र्दे अब बन्ने स्थायी सरकारले जनताका अपेक्षा पुरा गर्ने बिश्वास ब्यक्त गरेका छन । काठमाडौ क्षेत्र ५ का बुद्धिजिबी , आम नागरिकहरुको तर्फबाट धापासी बुद्धिजिबी समाजले हस्तान्तरण गरेको बधाइ तथा सम्मानपत्रमा भनिएको छ , पार्टीको महत्वपुर्ण पदमा रहेर नेकपा (एमाले)लाई पहिलो शक्ति बनाउन यहांको नेतृत्वदायी भुमिका रहेकोले पनि आगामी दिनमा यहाले संसद र महत्वपुर्ण भुमिका रहेकोले अब संसद र कार्यकारिणी पदमा रही देशको समृद्धि र बिकास गरी नया नेपाल निर्माण गर्न सफल हुनुहुने छ भन्ने बिश्वास सहित सफलताको कामना गर्दछौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१