सही ढंगले फेसियल नगर्दा बिग्रेला अनुहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७४, शनिबार ०६:२८

बबिता केसी, ब्युुटिसियन

फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ । फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ । आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन । त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ । त्यसैले मानिसले फेसियल अनिवार्य रुपले गर्नुपर्छ । किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ । फेसियल गर्ने भन्दैमा जस्तो पायो उस्तो ठाउँमा र जे पायो त्यहीले गर्नुहुँदैन । यो सही ढंग र निपूर्ण हातले गर्नुपर्दछ । कहीँ कतै अलिकति गल्ती भएमा अनुहारमा नराम्रो असर पर्दछ ।

फेसियल २५ वर्ष नाघेपछि मात्र गर्नुपर्छ भन्ने धारणा रहेको छ । तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ । जस्तै मोडल तथा कलाकारहरु महिनामा एकपटक फेसियल गर्ने गर्छन् । तर छालाको बनावट उमेर र अवस्था हेरिकन महिनामा दुई पटकसम्म गर्नु उचित मानिन्छ । नियमित रुपले फेसियल गर्नाले मानिसको उमेर पनि कम जस्तो देखिन्छ ।

हामीले फेसियल गर्ने त भन्दछौं, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ ।

फेसियल पनि विभिन्न प्रकारका हुन्छन् । जस्तो : साधारण, गोल्ड, पर्ल, चकलेट, फ्रुट, एन्टिएजिङ, एन्टिचाँडो पिग्मेन्टेसन, थर्मोहव आदि । यसमा स्मरणीय कुरा भनेको छालाको प्रकारअनुसार फेसियल किटको प्रयोग गर्नु हो । धेरै प्रकारका फेसियलमध्ये थर्मोहब विशेष प्रकारको फेसियल हो । जुन एन्टिएजिङका लागि गरिन्छ । अर्थात् अनुहारको चाउरीपना नियन्त्रण गर्न यो फेसियल लाभदायक छ । यसलाई विशेष सावधानी र विशेष प्रक्रियाबाट गरिन्छ ।

फेसियलका तरिकाहरु

क्लिजिङ – ३ देखि ५ मिनेट

स्क्रव– ३ देखि ५ मिनेट

मसाज क्रिम लगाएर मसाज गर्ने – १० देखि १५ मिनेट

भाइब्रेटहरु – ३० सेकेन्डदेखि ६० सेकेन्ड

फेरि अनुहारभरी क्रिम लगाउने र बाक्लोसँग र चिसो गजले छोप्ने । थर्मोपाउडरलाई चिसो पानीमा फिट्ने र चाँडो लगाउने (नाक, आँखा, मुखबाहेक) २५ – २५ मिनेट राख्ने र हलुका हातले तलबाट निकाल्ने । त्यसपछि कोल्ड कम्प्रेसन दिने र कभरिङ क्रिम लगाइदिने । थर्मोहब फेसियलले ओपन पोर्स, सुख्खा छाला चाउरी छाला, चाँया भएको छाला, ब्ल्याक हेड्स र ह्वाइट हेड्स भएको छालामा गर्दा लाभदायक हुन्छ । हाई ब्लडप्रेसर सेन्सेटिभ छाला र २५ वर्षभन्दा कम उमेर समूहकाले यो हब फेसियल गर्नुहुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१