जनमतको कदर नै सच्चा लोकतन्त्र : अध्यक्ष ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७४, शनिबार ०६:०९

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले जनमतको कदर गर्नु नै सच्चा लोकतन्त्र हो भन्नु भयको छ । आज बिहान सिँगापुर उड्नु अघि केहि संचार कर्मीहरु संग कुरा गर्दै पूर्व मन्त्रि समेत रहेका ढकालले निर्बाचनको परिणाम सबैले आत्मसात गर्नु र पराजित उम्मेदवारले विजयीलाई भेटेरै बधाई दिनुले नेपालको लोकतान्त्रिक अभ्यास परिपक्क हुदै गयको संदेश दियको बताउनु भयो । नेता ढकालले संबिधान र कानुनको छिद्रा खोजेर लोकतन्त्र र जनादेशको अबमुल्यन गर्ने काम कोहि वाट पनि हुन नहुने जिकिर गर्दै प्रधानमन्त्री देउवाले तुरुन्त राजिनामा दियर बाटो प्रसस्त गर्ने बिश्वास ब्यक्त गर्नु भयो । नेपालको एतिहाँसिक परिबर्तनलाई सस्थागत विकास गर्ने सवालमा तथा राष्ट्रिय मुद्धाहरुमा पक्ष र प्रतिपक्ष नभई सबै राजनैतिक दलहरु एकजुट भयर अघि बढ्न सके छोटो समयमा नेपालले फड्को मार्न सक्ने दाबि पनि उहाले गर्नु भयो । नेता ढकालले निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनु भयकोमा प्रधानमन्त्री शेर बहादुर देउबा, नेपाल सरकार, निर्बाचन आयोग, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई धन्यवाद पनि दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१