नेपालमा अब १३५ जना मन्त्री, कुन प्रदेशमा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०७:०५

काठमाडौं । दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

संवैधानिक व्यवस्थानुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा ११० जना मन्त्री बन्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा ११० गरी मुलुकमा अब बढीमा १३५ जना मन्त्री बन्नेछन् ।

केन्द्रमा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी कुल २७५ सदस्यीय सभा हुनेछ भने राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ ।

संघीय संसद दुई सदनात्मक हुँदा प्रदेशमा एक सदनात्मक संसदले काम गर्नेछ ।

जसअनुसार प्रदेश नम्बर–१ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ सदस्यीय संसद हुनेछ । जसमा ५६ प्रत्यक्ष र ३७ समानुपातिक सांसद हुनेछन् भने मन्त्रीको संख्या बढीमा १९ सदस्यीय हुनेछ ।

प्रदेश नम्बर–१ मा प्रत्यक्षतर्फ नेकपा एमालेले ३६, माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ८ र अन्यले २ सिट जितेका छन् ।

यस्तै, प्रदेश नम्बर–२ मा १०७ सदस्यीय संसद हुनेछ । जसमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ रहनेछन् भने प्रादेशिक मन्त्रिपरिषद बढीमा २१ सदस्यीय हुनेछ ।

प्रदेश नम्बर–२ मा संघीय समाजवादी फोरम नेपालले १९, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले १५, एमाले १४ र अन्यले १५ सिट जितेका छन् ।

सबैभन्दा धेरै प्रदेश सांसद रहेको प्रदेश नम्बर–३ मा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सदस्यीय प्रदेशसभा हुनेछ भने बढीमा २२ सदस्यीय प्रदेश मन्त्रिमन्डल बन्नेछ ।

प्रदेश नम्बर–३ मा नेकपा एमालेले ४२, माओवादी केन्द्रले १५, नेपाली कांग्रेसले ७ र अन्यले २ सिट जितेका छन् ।

प्रदेश नम्बर–४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सदस्यीय संसद बन्नेछ । बढीमा १२ सदस्यीय मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–४ मा नेकपा एमालेले १७, माओवादी केन्द्रले ९, कांग्रेसले ६ र अन्यले ४ सिट जितेका छन् ।

यस्तै, प्रदेश नम्बर–५ मा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेश संसद बन्नेछ भने बढीमा १७ सदस्यीय मन्त्रीमन्डल बन्नेछ ।

प्रदेश नम्बर–५ मा एमालेले २७, माओवादी केन्द्रले १५, कांग्रेसले ७ र अरुले ३ सिट जितेका छन् ।

प्रदेश नम्बर–६ मा प्रत्यक्ष २४ र समानुपातिक १६ गरी कुल ४० सदस्यीय प्रदेशसभा बन्नेछ । बढीमा ८ सदस्यीय मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–६ मा एमालेले १४, माओवादी केन्द्रले ९ र कांग्रेसले एक सिट जितेको छ ।

बढीमा ११ सदस्यीय प्रदेश मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–७ मा प्रत्यक्ष ३२ र समानुपातिक २१ गरी ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।

प्रदेश नम्बर–७ मा एमालेले १७, माओवादी केन्द्रले १०, कांग्रेसले ४ र अन्यले एक सिट जितेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१