डिजेका नाममा ठगी गर्ने क्रिकेटर पृथु बास्कोटा सहित नाईट क्लवका ८ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:२४

काठमाडौं । चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडी छन् । क्लबका सञ्चालक मध्येका बास्कोटा पूर्व राष्ट्रिय क्रिकेटर खेलाडी हुन् ।

काठमाडौंमा आगामी पुस ५ गतेदेखि एभरेष्ट प्रिमियर लिग एपीएल क्रिकेट सुरु हुँदैछ । पृथु इपीएल टोली चितवन टाइगरका कप्तान समेत हुन् ।

उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ ।

मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्री गरेका थिए ।

‘७ हजार जनालाई २५ सय र ३५ सयको दरले टिकट विक्री गरिएको रहेछ’, लोहोनीले भने, ‘क्लबमा ३ हजार जना अट्ने भए पनि मानिसहरुको फ्लोटिङ भइरहने भएकाले टिकट विक्री गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१