पाटा नेपाल च्याप्टरको ४१ औँ वार्षिक साधारण सभा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७४, बिहीबार ०८:३८

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरले ४१  औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाका प्रमुख अथिती पर्यटन सचिब  महेश्वर न्यौपानेले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ ।
पाटा नेपाल च्याप्टरको ४१  औँ वार्षिक साधारण सभाका अवसरमा बोल्दै उहाँले आर्थिक विकास बिना देश सफल नहुने भन्दै राजनीतिलाई अब आर्थिक क्रान्तिमा मोडिनुपर्नेमा जोड दिनुभयो ।
“पर्यटन मुल आधार मात्र हैन यो मुलुकको ड्राइभिङ इन्जिन हो । पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन राजनीतिक लगायत सबै क्षेत्रले विशेष सक्रियतापूर्वक काम गर्न जरुरी छ,”–न्यौपाने  भन्नुभयो ।
प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपाल विश्व पर्यठटनको आकर्षण रहेको र नेपाललाई हिन्दु र बुद्धिस्टको कक्का मदिना बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाई थियो ।

पूर्व गभर्नर डा युबराज खतिवडाले नेपालको पर्यटकीय सुन्दरताको बखान गरेर मात्र नभई व्यवहारमा उतार्न जरुरी छ, भन्दै नेपालको पर्यटकीय संभावनाको उपयोग गर्नसके अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी छलफल चलिरहेको र प्राकृतिक र मानवसिर्जत विपत्तिबाट थलिएको पर्यटन पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेट पर्यटनमैत्री बनाउने गरी आवश्यक सुझाव पाटा नेपाललाई आग्रह गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने बताउनुभयो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन पुनरुेत्थानका लागि अन्तराष्ट्रिय संस्थाहरुको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१